logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    आधुनिकयुगमा कम्प्यूटर तालिम हरेक क्षेत्रमा आवश्यक ः वडा अध्यक्ष खाँन


    १४ बैशाख २०८० , बिहिबार

    आधुनिकयुगमा कम्प्यूटर तालिम हरेक क्षेत्रमा आवश्यक ः वडा अध्यक्ष खाँन

    शहबाज खाँन

    कृष्णनगर, १४ बैशाख । कृष्णनगर नगरपालिकाको वडा ३ ले हरेक बर्ष आफ्नो वडा भित्रका छात्र छात्राहरुलाई कम्प्युटर तालिम दिदै आएको छ।

    यस आर्थिक वर्षमा पनि २ लाख वजेट विनियोजन गरि २ महिने सी.सी.ए कम्प्यूटर तालिम ३० जना छात्र छात्राहरुलाई  कम्प्यूटर तालिम  दिएको श्री गुजीमाई कृषक समुह संस्थाका प्राविधिक शिक्षक खालिदले‌ बताएका छन।
    कृष्णनगर नगरपालिका वडा ३ ले‌ संचालन गरेको‌ २ महिने कम्प्यूटर तालिम मंगलबारका दिन सम्पन्न गरि एक कार्यक्रम बीच छात्र छात्राहरुलाई प्रमाण पत्र वितरण गरेको छ।
    कार्यक्रमका प्रमुख अतिथि वडा‌ अध्यक्ष सगीर‌ अहमद‌ खाँन कोप्रमुख अतिथ्यतामा गरिएको थियो भने विशिष्ट अतिथि वडा २ का पुर्व वडा अध्यक्ष संजय कुमार गुप्ता रहेका थिए ।
    कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि खानले अहिलेको आधुनिकयुगमा कम्प्यूटर तालिम हरेक क्षेत्रमा आवश्यक रहेको र अन्य शिक्षाको साथै कम्प्यूटर शिक्षा अनिवार्य रहेकोले अब विद्यार्थीहरुलाई अनिवार्य रुपमा कम्प्यÞूटर तालिम दिनुपर्ने अवश्यकता देखिएकोले हरेक‌ बर्ष युवाहरुलाई कम्प्यूटर तालिम दिनको लागि वजेट विनियोजन‌ गरि तालिम दिदै आएको र आउने दिनमा पनि थप वजेट विनियोजन गरि छात्र छात्राहरुलाई कम्प्युटर तालिम दिइने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा खानले कम्प्यूटर सिपले विद्यार्थीहरु जुनसुकै कार्यमा ठाउँमा जुनसुकै कार्यालयमा कार्य गर्दा अनिवार्य भएके हुदाँ यो तालिमबाट विद्यँर्थीहरुलाई सहजीकरण समेत भएको भन्दै उपस्थिति सम्पूर्ण विद्यार्थीहरुको उज्जवल भविष्यको कामना समेत गरेका थिए।
    कार्यक्रमका विशिष्ट अतिथि पुर्व वडा अध्यक्ष संजय कुमार गुप्ता छात्र छात्राहरुलाई प्रमाण पत्र वितरण गर्दै कम्प्यूटर तालिम सबैलाई अनिवार्य रुपमा लिनु बताउनुभयो । उहाँले कम्प्यूटर तालिम आजको मुख्य आवश्यकता भएको बताउँदै सानो देखि ठुलो काम गर्नको लागि कम्प्यूटरकै प्रयोग हुने भएकोले अहिलेको समयमा कम्प्यूटर सम्बन्धी जानकारी सबैलाई हुनु पने समेत बताएका छन् ।
    कम्प्युटर तालिमप्रति नेपाल सरकारलाई विशेष ध्यान दिई अनिवार्य रुपमा हरेक विद्यालयमा कम्प्युटर तालिमको व्यवस्थापन गर्नुपर्ने बताउँदै कृष्णनगर नगरपालिका वडा ३ का सम्पूर्ण पदाधिकारी तथा गुजीमाई कृषक समुहका संचालक प्राविधीक शिक्षकहरुलाई धन्यवाद समेत दिएका थिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.