झब्बर यादव
सिद्धार्थनगर, १९ बैशाख । कपिलवस्तु नगरपालिका वार्ड नं. २ मा रहेको बुद्धस्थल कुदानको हाता भित्र रहेको पुरातात्वि शिव मन्दिरको स्थान्तरण गर्न खोजेपछि स्थानीयहरु चिन्तित बनेका छन् । पुरानो र जीर्ण अवस्थामा रहेको मन्दिरलाई मर्मत, सम्भार गर्नुपर्ने देखिए पनि कसैले चासो नदेखाएको स्थानीयहरु बताउँछन् । कुदानक्षेत्र भित्र रहेको मन्दिरलाई मर्मत सम्भार गर्नुपर्ने भएपनि लुम्बिनी विकास कोषले भने मन्दिर स्थान्तरण गर्न खोजेको छ । विकास कोषको यो प्रयासको सवैले बिरोध गरेका छन् । ५ सय बर्ष पुरानो यो शिव मन्दिरको ऐतिहासिक महत्व रहेपनि अहिले ओझेलमा रहेको छ ।
कपिलबस्तु नगरपालिका नगरप्रमुख सुदिप पौडेलका अनुसार— यो मन्दिर पुरातात्विक मन्दिर हो । ५ सय बर्ष पुरानो मन्दिर पुरातात्विक संरचनामा बनेको छ । यो मन्दिर पुरातात्विक कम्पाउण्ड भित्र पर्ने भएकोले यसमा स्थानीय सरकारले बजेट विनियोजन गरी कार्यगर्ने अधिकार नरहेको नगरपालिका प्रमुख पौडेलले बताएका छन् । नगरप्रमुख पौडेलले भने, “लुम्बिनी प्रदेशको सम्पूर्ण पुरातात्विक सम्पदाको सम्भारको जिम्मेजारी लुम्बिनी विकास कोषको मात्र भएको हुदाँ आफुहरु उक्त मन्दिरको सम्भारको विषयमा केही गर्न नसकेकोे बताएका छन् ।”

वडा नम्बर २ का वडा अध्यक्ष अशोक गुप्ताका अनुसार — यो शिव मन्दिर पुरातात्विक कम्पाउण्ड भित्र पर्ने हिन्दूहरुको पैतृक सम्पत्ति करिब पाँच सय वर्ष पुरानो शिव मन्दिर हो । उक्त मन्दिर जीर्ण भई भत्किन लागेको छ तर पनि पुरातात्वि क्षेत्र संरक्षण गर्ने जिम्मेवारी लुम्बिनी विकास कोष को हो । तर पुरातात्वि कम्पाउण्ड भित्र पर्ने भए पनि लुम्बिनी विकास बेखबर रहेको गुप्ताले बताएका छन् ।
वर्षौ देखि हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको मूर्ति स्थापित गरी पुजा पाठ गर्दै आएका थिए । शिव मन्दिर पुरातात्वि क्षेत्र भित्र पर्नुका साथै हिन्दूहरुको पैतृक सम्पत्ति करिब पाँच सय वर्ष पुरानो शिवमन्दिर जीर्ण भई भत्किन लाग्दा सम्म पनि पुरातात्वि क्षेत्र हेर्ने र संरक्षण गर्ने जिम्मा लुम्बिनी विकास कोष को क्षेत्र भित्र पर्दछ । एक सय वर्ष पुरानो कुनै पनि संरचना पुरातात्वि सम्पदा भित्र पर्दछ । उक्त क्षेत्रमा रहेको बौद्ध धर्म सम्बन्धित कोष भएको हुदाँ यो मन्दिरलाई उक्त स्थानबाट स्थानान्तरण गरी नयाँ संरचना बनाउने हुदाँ हिन्दु संस्कृति प्रति अन्याय भएको बताउदै उक्त शिव मन्दिर यथास्थानमा नै बनउनुपर्ने स्थानीबहरुको माग रहेको छ । उक्त शिव मन्दिर हिन्दूहरुको मात्र न भई पूरातात्वि कै सम्पदा हो । त्यो भत्किन लागेको मन्दिरको कुनै मर्मत सम्भार लुम्बिनी विकास कोषले गरेको देखिएन । यसलाई एथासिघ्र मर्मत सम्भार गरी स्थानीयवासीहरुको पैतृक सम्पति जोगाउन सम्बन्धित निकाय सँग नगरबासीहरु जोडदार माग समेत रहेको छ ।

लुम्बिनी विकास कोष अनुसार —कपिलबस्तुको कुदान भनेको भगवान गौतम बुद्धले आफनो छोरा राहुललाई भिक्षु बनाउने ठाउँ र बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफनो बुबालाई भेटेको ठाउँ हो जहाँ दुईवटा स्तुपा पनि छन् । मन्दिरको अवस्थाको बारेमा पुरातात्वि लुम्बिनी विकास कोषलाई शिव मन्दिर सम्वन्धि विबाद परेको हुदाँ अहिले सम्म उक्त मन्दिरको सम्भार गर्न नसकेको पुरातात्वि अधिकृत हिमाल उप्रेतिले जानकारी दिनुभयो । विकास कोषले उक्त मन्दिर सारेर नयाँ संरचना बनाउने र स्थानीयबासीहरु मध्ये केही उक्त प्रतिसहमत रहेको र केहीले हिन्दुधर्मावलम्बीहरुले पूजा, पाठ, भजन, कृतन गर्ने ठाउँलाई हटाउन पाइदैन भनि विबाद रहेको हुदाँ कार्य गर्न नपाएको पुरातात्वि अधिकृत उप्रेतिले जनाएका छन् । यो मन्दिर हिन्दु र बौद्ध दुई समुदाय विच विवाद परेकोले सम्भार गर्न नसकेको बताएका छन् । स्थानीयवासी र बौद्ध समुदायका विच वार्ता मिल्यो भने नयाँ आर्थिक वर्षमा नयाँ संरचना बनाएर स्थानीय सम्पतिलाई पुस्ताविच स्थान्तरण गर्ने लुम्बिनी विकास कोषले जनाएको छ ।