अन्जना चौहान
लुम्बिनी, १९ चैत । रुपन्देहीमा लघुबित्तिय संस्था विरुद्धको संघर्ष समिति नेपालको आयोजनामा गैडहवा गाउँपालिका वडा नम्बर ३ मंगलपुर देखि लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ पर्सा चोक सम्म रैली निकाली कोण सभामा परिणत हुने भएको छ ।

उक्त लघुबित्तिय संस्थाहरुको ज्यादतीको विरुद्ध कार्यक्रम बद्री देवानको नेतृत्वमा ६५ जना सहकर्मी पीडित सहित मंगलपुर देखि पर्सा चोक सम्म पैदल माईकिङ् सहित विभिन्न किसिमका नाराहरु लगाएका छन् ।

लघुवित्तिय ज्योदती बन्द गर, किसानहरुलाई निःशुल्क ऋण प्रवाह गर ।
महिल हिंसा बन्द गर, लघुवित्तिय कर्मचारी होसियार किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, सामुहिक ऋण मिनहा गर आदि जस्ता विभिन्न नाराहरु प्लेकार्डसहित ¥याली निकाली विरोध प्रदर्शन गरेका छन् ।

उक्त विरोध प्रदर्शनमा उनीहरुले उठाएका ५ बुँदे माग मध्यमा उठेका केही प्रश्नहरु समेत उठाएका छन् । विरोध प्रदर्शनको मुल नारा “बाचौँ, बचाऔँ र अघि बढौँ ” , “लघुवित्तिय संस्थाहरुको ज्यादतीको विरुद्धमा एकजुट होऔँ” भन्ने मुल नाराका साथ प्रदर्शन गरेका छन् ।