राकेश कोहाँर
सिद्धार्थनगर, २१ बैशाख । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यूले आफ्नो उपचारमा लागेको खर्च आफै स्वयं बेहोर्ने राष्ट्रपति स्वकीय सचिवालयले जनाएको छ ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यूको स्वास्थ्यमा समस्या देखिएपछि विभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचारका लागि लागिएको थियो । उक्त अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझाव अनुसार भारतको राजधानी दिल्लीस्थित अखिल भारतीय आयूर्विज्ञान संस्थानमा उपचार भएको सम्पूर्ण थाहा भएकै कुरा हो । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति पौडेलले आफूस्वयं बेहोर्ने कुरा राष्ट्रपति स्वकीय सचिवालयको पत्रमा उल्लेख प्रस संयोजक खिला कार्कीले प्रेस नोट वाट जानकारी दिनुभयो ।