अन्जना चौहान
लुम्बिनी, २१ बैशाख । रुपन्देहीको गैडहवा गाउँपालिका र वडा नम्बर ७ को विशेष पहलमा वडा नम्बर ७ मा बसोवास गर्ने ४ सय ४४ जना भुमिहिन, सुकुम्बासी, भुमिहिन दलित बसोबासीलाई निस्सा वितरण कार्यक्रम सुरु गरेको छ ।

आर्थिक वर्ष ०७९।८० अनुसार वडामा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्य भिन्न भिन्न मितिमा भिन्न भिन्न ठाउँमा निस्सा वितरण गर्ने गैडहवा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लाल बहादुर केवटले बताउनुभयो । वडाबासीहरुलाई निस्सा वितरण गर्न सजिलो होस् भन्ने आधारमा दिउँसो १ बजे गैडहवा गाउँपालिका वडा नम्बर ७ को कार्यालय छतरपुरा शिसईमा वितरण गर्ने वडा अध्यक्ष केवटले जानकारी दिनुभयो । निस्सा वितरण बैशाख २१ गते देखि २४ गते सम्म सालघारी टोलवासी, बैशाख २५, २६गते शान्ति बजारवासी, बैशाख २७ गते अठघरहवा र बलुहवा टोलबासीलाई र बैशाख २८, २९ गते पोखरहवा, सानो विश्वरिया र बाँकी छुटेका सबैलाई दिने वितरण गर्ने वडा अध्यक्ष केवटले बताउनुभयो ।