भैरहवा, २९ वैशाख । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर–१२, रुपन्देहीले शुक्रबार सरसफाई कार्यक्रम गरेको छ ।
स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरिसकेपछि पहिलो कार्यक्रम अन्तर्गत क्याम्पस परिसरमा सरसफाई गरिएको स्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपानेले बताए ।
छात्रवास र त्यहाँका शौचालय एवं स्नानघरहरु जीर्ण रहेको भन्नेबारेमा स्ववियु निर्वाचनअघि पटकपटक क्याम्पस प्रशासनलाई अवगत गराए पनि ध्यान नदिएपछि स्ववियुले सरसफाई कार्यक्रम राखेको न्यौपानेले जानकारी दिए ।
स्ववियका अध्यक्ष न्यौपानेले भने आगामी दिनमा पनि सरसफाई कार्यक्रमलाई निरन्तरता दिने र क्याम्पस शिक्षा लिनेदिने स्थल हो, त्यसैले शिक्षा प्राप्त गर्ने पवित्र स्थल सफा, स्वच्छ र हराभरा हुनुपर्छ । यही कुरालाई आत्मसात गर्दै क्याम्पस परिसर तथा यहाँका शौचालयहरु सरसफाई गरिएको हो ।