logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    बेलहिया नाकाको अपडेट


    २९ बैशाख २०८० , शुक्रबार

    बेलहिया नाकाको अपडेट

    ईरसाद अहमद खाँन (बच्चन)
    बेलहिया, २९ बैशाख । नेपालको दोस्रो ठूलो भन्सार कार्यालय बेलहिया हो । यहाँ दैनिक करोडौँको आर्थिक कारोवार हुने गर्दछ । यस क्षेत्रमा भन्सार कार्यालय, अध्यागमन कार्यालय र सुरक्षाकर्मीहरु उपस्थित रहेका छन । भैरहवा भन्सार कार्यालयको मार्ग हुदँै दैनिक रुपमा सयौँ दुई पाङ्ग्रे, चार पाङ्ग्रे र मालबाहक कन्टेनरहरु नेपाल भित्रिने गर्दछन् । लुम्बिनी खबरको स्थलगत रिर्पाेटिङका क्रममा बैशाख २८ गते यस नाका हुदैं भारतीय कार, मोटरसाइकल र बस पर्यटक बोकेर ३९५ नेपाल तर्फ भित्रिएका छन् । भारतीय कार, मोटरसाईकल भन्सार सुविधा भएर नेपाल भित्रिएको ६६८ रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । बैशाख २८ गते साँझ सम्मको रिपोटिङका क्रममा ५०० वटा मालबाहक कन्टेनरहरु भैरहवा भन्सार कार्यालय भित्र प्रवेश गरेका छन् भने ४४० मालबाहक कन्टेनरहरु भन्सार भएर नेपाल तर्फ प्रवेश भएको देखिन्छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार विभिन्न १० देशबाट ३४ जना पर्यटक भारतीय मार्ग हुदैँ नेपालमा प्रवेश गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.