logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    राष्ट्र विकासको निम्ति आध्यात्मिक चिन्तनको आवश्यकता ःमन्त्री पाण्डे


    १ जेष्ठ २०८० , सोमबार

    राष्ट्र विकासको निम्ति आध्यात्मिक चिन्तनको आवश्यकता ःमन्त्री पाण्डे

    एलिना अचार्य
    भैरहवा, जेठ । राष्ट्रको गतिशिल विकासको निम्ति आध्यात्मिक चिन्तनको आवश्यकता रहने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवम् माननीय मन्त्री सन्तोष पाण्डेले बताए । द आर्ट अफ लिभिङ नेपालका संस्थापक पुज्य श्री श्री रविशंकर को यही वैशाख २९९ मय १३० मा पर्ने शुभ जन्मदिनको अवसर सो दिन आयोजना गरिएको एक कार्यक्रमको बिच सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को बुद्ध कोलोनीमा निर्माणाधीन अवस्थामा रहेको आर्ट अफ लिभिङ नेपालको भवनमा प्रदेश सरकारको समन्वय रहने प्रतिबद्धता व्यक्त गरे ।


    श्री श्री रविशंकर को ६७ औ शुभ जन्मदिनको अवसरमा कार्यक्रमका अध्यक्ष एवं संस्थाका प्रदेश संयोजक दिपेन्द्र प्रधानले समाज द्वन्द्वको बाटो मात्र नभई ध्यान, साधनाबाट पनि परिवर्तन हुने बताए ।
    कार्यक्रममा द आर्ट अफ लिभिङ नेपालका वरिष्ठ प्रशिक्षक विष्णु पाण्डेले लामो ईतिहास बोकेको उक्त संस्थाले देश विदेशमा रहेका सम्पूर्ण मानिसलाई अपनत्वको भावना विकास गरेको बताए ।


    कार्यक्रम गुरु पुजाबाट सुरू गरिएको थियो भने कार्यक्रम योगा, ईन्टु्युसन प्रदर्शन गरिएको थियो । कार्यक्रममा संस्थाका स्थानीय कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
    आर्ट अफ लिभिङ नेपालका सदस्य भैरव प्रसाद कलवारको शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा पूर्व प्रदेश संयोजक कृष्ण मुरारी अग्रवाल, द आर्ट अफ लिभिङ नेपालका संयोजक मिखा माथेमा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, आर्ट अफ लिभिङका सक्रिय सदस्यहरू, प्रशिक्षकहरू लगायत समाजिक तथा धार्मिक व्यक्तिहरुको सहभागी रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.