logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    बैदेशिक रोजगारको सपना देखाई एजेण्ट फरार


    १ जेष्ठ २०८० , सोमबार

    बैदेशिक रोजगारको सपना देखाई एजेण्ट फरार

    एलिना अचार्य
    भैरहवा, जेठ । सियारी गाउँपालिका वडा नं २ दुर्गापुरका विनोद केवट घरका जेठा छोरा हुन् । केवटको घरको आर्थिक स्थीति दयनीय छ । उनलाई पनि परिवार सँगै बसेर आफ्नै देशमा मिठो मसिनो खाने रहर छ तर देशमा रोजगार नभएपछि उनले वैदेशिक रोजगारीमा जाने निदो गरे । वैदेशिक रोजगारीमा जना भनी उनी स्थानीय एजेन्ट तुल्सी प्रसाद जयसवालको सम्पर्कमा आए । एजेन्ट जयसवालले भने बमोजिम उनले वैशाख महिनाको पहिलो हप्तामा १ लाख २५ हजार रुपैया बुझाए । तर त्यसपछि एजेन्ट सम्पर्क विहिन भएका छन् ।


    त्यसै गाउँका सुन्दर केवटले मलेसिया जानका लागि एजेनटले उनी सँग पनि १ लाख ५ हजार रुपैया लिएको आफुले साहुबाट ऋण लिएर आएको पैसा एजेन्टले लिएर फरार भए पछि, उनी बिचल्ली अवस्था परेका छन् ।
    सियारी गाउँपालिका वडा नं २ दुर्गापुरका रामकेवल कहाँरको न पूर्खाली सम्पत्ति नै छ न खेतबारी नै घर ज्याला मजदुरी गरेर खान लाउन पनि धौधौ भएको थियो । बुबा आमाले हुर्काउदा लागेको ऋण तिर्न भनी उनले पनि अन्य सााथीहरु सँगै खाढीमा गएर कमाएको पैसाबाट ऋण तिर्ने सोचमा थिए तर उनको पनि १ लाख ६३ हजार रुपैया लिएर एजेन्ट गुम्नाम भएको छ ।
    झिनक मल्लाहका बुबा दिनहाल मल्लाहका अनुसार उनका छोराले एजेन्टलाई १ लाख २५ हजार रुपैया बुझाएका थिए । उनको दैनिकी, साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ताबाट सुरु हुने गरेको छ ।


    २२ वर्षिय शुभास मल्लाहलाई पढ्ने इच्छा असाध्यै थियो तर केवटको पारिवारीक स्थिति निकै नाजुक छ , त्यसकारण उनले बिचमै पढाई छाडेर वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । उनले मिटर ब्याजी बाट लिइएका ऋण तिर्नु पर्ने भनी ऋण लिएर वैदेशिक रोजगारीमा जान लागेका केवटको पनि एजेन्टले १ लाख २५ हजार रुपैया लिएर फरार भएको छ ।
    यी त प्रतिनिधी मुलक पात्र मात्र हुन् । सियारी गाउँपालिका वडा न. २ दुर्गापुरका १० जना युवाको १३ लाख ५० हजार रकम लिएर एजेन्ट फरार भएको थियो । एजेन्ट फरार भएपछि पिडितहरु निवेदन दिनका लािग जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । लामो समय सम्म प्रहरीले घटनाको विषयमा कुनै चासो नदिए पछि उनीहरु आफैले उक्त एजेन्टलाई खोज्न भारत सम्म पुगे । भारतको नौतनवाबाट एजेन्टलाई पक्राउ गरी पिडितहरुले उनीहरु कै गाउँको घरमा राखे । पिडितहरु निवेदन दिन भन्दा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पुग्दा प्रहरीले उजुरी नै दिन नमानेको र ठगीको मुद्दा नभई अन्यत्रै मुद्दा दर्ता गरेको प्रहरी न्याय समक्ष नभएको आरोप लगाएका छन् ।
    सियारी गाउँपालिका वडा नं २ का वडा अध्यक्षका अनुसार यस वस्तीका स्थानीयहरु अत्यन्तै गरीब, निमुखा र विपन्न वर्गाका रहेका छन् । अध्यक्षको आगमन पश्चात मात्र उक्त दिन पिडितहरुले ऐजेन्टलाई प्रहरीलाई सुम्पेका थिए । तर पछि प्रहरीकोमा पुग्दा मुद्दा दर्ता गर्न समेत आनाकानी गरेको अध्यक्षले बताए ।
    सियारी गाउँपालिकाका पूर्व प्रमुख एवं समाजसेवी अयोध्या प्रसाद थारुका अनुसार प्रहरीले मुद्दा दर्ता गर्न नखोज्नु अत्यन्तै लज्जास्पद विषय भएको बताए । उनले भने पिडीतले न्याय खोज्दै प्रहरी समक्ष पुग्दा प्रहरीले उल्टै उनीहरुको मुद्दा दर्तागर्न खोजिरहेको थिएन् पछि म सहित वडा अध्यक्ष पुगेर पटक पटक विन्ति गरेपछि मात्र मुद्दा दर्ता भयो त्यो पनि अन्यत्रै शिर्षकमा राखिदिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक कुवंरका अनुसार घटनाको विषयमा प्रमाणको अभावका कारणले गर्दा ठगी मुद्दामा दर्ता नभई बैकिङ कसुरमा मुद्दा दर्ता गरीएको हो । कँुवरका अनुसार प्रहरी प्रमाण संकलनको क्रममा रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.