logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मर्चवारीका दुई जना युवक प्रहरीको हिरासतमा


    २ जेष्ठ २०८० , मंगलबार

    मर्चवारीका दुई जना युवक प्रहरीको हिरासतमा

    असलम खाँन । न्यू डेक्स
    मर्चवार, २ जेठ । मर्चवारी गाउँपालिकाा वडा नम्बर २ स्थित सुमेरगढका दुई जना युवकलाई इलाका प्रहरी कार्यालय मर्चवारले सोमवार हिरासतमा लिएको छ ।
    सुमेरगढमा बस्ने १९ वर्षिय सुरज कुमार हरिजनलाई १९ वर्षिय चन्द्रभान यादव र २३ वर्षिय रामबचन यादव दुई दाईभाई मिली कुटपिट गरेकोले ईलाका प्रहरी कार्यालय मर्चवार स्रोतले जनाएको छ ।


    गाउँपालिका अध्यक्ष गया प्रसाद वरईका अनुसार पहिला पनि हरिजन माथि आक्रमण भएको थियो । विहान ६ बजेको समयमा मनराजी देवी शिशु सेमरा विद्यालयमामा पढ्न जाने क्रममा त्यस बेला पिन्टु यादव को भाई र अरु दुई जना छपियाका केटाहरु विना कारण साइकलबाट हरिजनलाई खसालेर पिटेका थिए ।

    उनीहरु माथि सार्बजनिक मुद्दा लागेको र करिब १ साता थुनामा राखिएको थियो । पछि त्यसको धरौटिमा जमानतभएको थियो । त्यही विषय लाई लिएर मकुनगढवाट आउने क्रममा फेरी दुई जनाले रक्सी खाएर हातमा फलामको पञ्च, रड लिएर बसेका थिए । हरिजनलाई विना कारण कुटाई गरेको अध्यक्षले बताउनुभयो ।

    हरिजन माथि पटक पटक आक्रमण भएको हुदाँ यो विषयमा सत्य, तथ्य र यथार्थ छानवीन गरी दोषीलाई कारवाही हुनुपर्ने बताउनु भएको छ ।


    वडा नम्बर २ का वडा अध्यक्ष शशिदयाल चौधरीका अनुसार सोमवार साँझको समयमा झगडा परेको हो । आफूले खबर पाउन साथ चौकीमा पुग्दा गाउँका सबै मानिसहरु चौकीलाई घेराउ गरेका थिए । सबै भन्दा पहिला अचेत अवस्थामा रहेको सुरजलाई भैरहवाको मेडिकल कालेजमा पठाईयो । दोषीहरुलाई प्रहरीले हिरासतमा लिई सुरक्षा दिएको बताएका छन् । झगडा हुने कारण आफूलाई थाहा नभएको बताउनुभयो । हरिजनाको झगडालु नरहेको र आफूले सुरजलाई पढाएको हुदाँ उसको बानी व्यवहार थाहा भएके बताउनु भएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.