झब्बर यादव
सिद्धार्थनगर, जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अवस्थित श्री लुम्बिनी सृजना इंगलिस बोर्डिङ् स्कुलले गुणस्तरीय शिक्षाका लागि पुस्तकीय शिक्षाका साथै अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको छ ।
श्री लुम्बिनी सृजना इंगलिस बोर्डिङ् स्कुल विक्रम सम्बत २०५७ सालमा स्थापना भएको हो । यो विद्यालय हाल नर्सरी कक्षा देखि कक्षा ८ सम्म संचालनमा रहेको छ । विद्यालयमा २ सय विद्यार्थी र १३ जना शिक्षक शिक्षिकाहरु कार्यरत छन् । यो विद्यालय नेपाल र भारतको सिमाना नजिक बेलहियामा अवस्थित छ ।
गुणस्तरीय शिक्षाका लागि विद्यालयले विद्यार्थीको उमेर, स्तर र संख्या अनुसारको भवन, स्वच्छ शौचालय, स्वच्छ खानेपानी, पुस्तकालय, उपयुक्त शैक्षिक सामग्री, उपयुक्त खेल सामग्री, कक्षाकोठामा बुककर्नर, फर्निचर, खेलमैदान, अभ्यासका लागि संगीत कक्ष जस्ता गुणस्तरीय भौतिक पूर्वाधारयुक्त रहेको विद्यालयका प्रधानाध्यापक सृजना पाठकले जानकारी दिनुभयो ।
गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयको दैनिक कार्यहरु चुस्तदुरुस्त बनाई वार्षिक कार्ययोजनाको आधारमा योजनाहरु बनाई कार्य गर्दै आइरहेको प्रधानाध्यापक पाठकले बताउनुभयो । विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखि विद्यालयमा पोषणयुक्त खाना मात्र अनुमति दिएको जानकारी दिनुभयो । गुणस्तर सिकाईका लागि विद्यार्थीको स्वास्थ्य अवस्था पनि गुणस्तर हुनुपर्दछ ।
विद्यालयमा विद्यार्थीहरुलाई पुस्तक पढाउनका साथ अतिरिक्त क्रियाकलापहरु समय समयमा गरेका छौँ । गुणस्तर सिकाइमा अभिभावन, शिक्षक, विद्यार्थी र पाठयक्रमको महत्वपूर्ण भुमिका रहेको हुन्छ । विद्यालयमा नियमित शिक्षक, अभिभावक र विद्यार्थी विच अन्तरक्रिया तथा छलफल गर्ने, उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार, विभिन्न खेलकुदहरु खेलाउने, निरन्तर मुल्याङ्कन गर्ने, विद्यार्थीको रुची, क्षमता र आवश्यकता अनुसारकोे सिकाईमा सहभागि गराउने, मनोरञ्जनात्मक कार्यक्रम गर्ने, क्षमता अनुसारको प्रोत्साहन गर्दै आइरहेको प्रधानाध्यापक पाठकले बताउनुभयो ।
एउटै कक्षामा पढ्ने विद्यार्थीहरुमा विभिन्नता हुन्छ । उनीहरुको उमेर, स्तर, रुची, क्षमता, धर्म, सम्प्रदाय, समुदाय, बौद्धिक क्षमता, आवश्यकताको आधारमा शिक्षण गर्दै आइरहेको प्रधानाध्यापक पाठकले जनाउनुुभयो ।
कतिपय विद्यार्थीको चाहना र अभिभावकको चाहना मेल नखाएको हुदाँ उनीहरुको क्षमतामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ प्रधानाध्यापकले बताउनुभयो । शिक्षण सिकाईलाई गुणस्तर बनाउन अभिभावकहरुले आफनो जिम्मेवारी पुरा गर्नुपर्छ जस्तै विद्यालयमा विद्यार्थीहरुलाई समयमा पु¥याउने, विद्यार्थीको रुचि, क्षमता स्तर बुझि व्यवहार गर्ने, गृहकार्य गरेका छन वा छैनन्, शिक्षण सामग्रीहरु छन वा छैनन् हेर्ने , उनीहरुको कमि कमजोरी प्रति सबै क्षेत्रबाट सहकार्य गर्नु पर्दछ ।