पशुपति यादव
रोहिणी, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा यदुवंशी युवा समाजको आयोजनामा दिप प्रज्जवलन तथा सम्मान कार्यक्रम जेठ १५ गते सोमवार सम्पन्न भएको छ ।
कार्यक्रम गणतन्त्र दिवसको अवसर पारेर यदुवंशी युवा समाजको आयोजना कार्यक्रम सम्पन्न भएको यदुवंशी युवा समाज सचिवालयले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा यदुवंशी युवा समाज द्वारा सम्मान कार्यक्रम भएको अतिथि समिति संयोजक राकेश यादवले बताएका थिए ।
कार्यक्रमका पूर्व कृषि राज्य मन्त्री ओमप्रकाश यादव (गुल्जारी) शिक्षा विनाको विकास असम्भव रहेको भन्दै गणतन्त्रलाई संवोधन गर्दै मानव जातिमा उच्च निच वर्ग हुदैनन् मानवीय सेवामा अग्रसर हुनु नै मानवीय स्वभाव भएको यादवले बताए । भाग्यवादी भन्दा कर्मवादी हुनुजरुरी रहेको बताए । जुन मान्छे कर्महिन, गुणहिनले भाग्यमा विश्वास गरेको हुन्छ त्यो मानिस दुःख भोगी भएको यादवको भनाई रहेको थियो । कुसंस्कार रुढिवादी मुक्त हुन जरुरी रहेको बताउनुभयो । बैज्ञानिक सोचले अगाडि बढ्नु नै आजको आवश्यकता रहेको साथै गणतन्त्रात्मक व्यवस्थाबाट भएको उपलब्धीलाई संस्थागत गर्नु नै १० वर्षे जनयुद्ध र १९ दिने आन्दोलन बाट बनेको संविधान सबै राजनीतिक दलको साँझा एजेण्डा रहेको कारणले नै संस्थागत संरक्षण गर्नु सबैको दायित्व रहेको यादवको भनाई रहेको छ ।
कार्यक्रम यदुवंशी युवा समाजका सचिव राकेश यादवको संचालनमा वरिष्ठ उपाध्यक्ष राकेश यादवको स्वागतमा, डा. रणधीर यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा गोपाल सेवा समितिका उपाध्यक्ष भगरथी यादव, उमेश यादव, गुरुवचन यादव, कपिलबस्तुका अध्यक्ष राधेश्याम यादव, नवलपरासी अध्यक्ष बुद्धिराम यादव लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।