logo
  • २८ कार्तिक २०८३ , शुक्रबार
    • ट्रेन्डिङ

    ३३ हजार भाोल्टेज विद्युत तार, बैंकबाट किसान खाए मार


    १६ जेष्ठ २०८० , मंगलबार

    ३३ हजार भाोल्टेज विद्युत तार, बैंकबाट किसान खाए मार

    पशुपति यादव
    रोहिणी, १६जेठ । विकास भनेको नै शिक्षालय, बाटो, विद्युतिकरण, स्वास्थ्य, स्वच्छ खानेपानी, लगायत व्यवस्था गर्ने सके केही विकासका चर्चा हुने गरेको सुनिन्छ ।
    खैरहनी धकधई जाने बाटो वाटोमा दुबै छेउमा एकतिर ११ हजार भोल्टेजको पोल, तार अर्को छेउ तिर ३३ हजार भोल्टेजको पोल तार सप्लाई रहेको कृषकहरु बताउछन् ।
    कृषक वृजेश यादवले भने ३३ हजार भोल्टेज बाटोको एक छेउतिर र ११ हजार भोल्टेजको तार अर्को तिर बाटोको किनारै खेतै खेत पोल गाडेर तार सप्लाई भएको छ । म कृषक हो । सबैको अन्नदाताको रुपमा बुझ्न पनि सकिन्छ । म कृषक विकास विरोधी हैन् । म विकास प्रेमी नै हो । हामी किसान दोहोरो मारमा छौँ । सन्दर्भ पोल तार खेतै खेत गएको विद्युत प्राधिकरणबाट नै हुने मुअवजा दस्तुर पनि लिएका छैन पनि विकास विरोधी नभई विकास प्रेमी भएर नि:शुल्क रुपमा जग्गा दिएका छौँ ।
    आफनै नम्बरी जग्गाबाट बाटोमा हुने जग्गाको मोहडा हुदै ३३ हजार र ११ हजार भोल्टेज सप्लाई  भएको क्षेत्रमा बाटोको जग्गालाई धितो राख्दा वित्तिय संस्था तथा बैंकले पोल र तारले ओगटेको क्षेत्रफल घटाएर मुल्याङ्कन धितो प्रोफाईल बनाउन र नापजाचँ गर्ने इन्जिनियर र बैंक समेतले मुल्याङ्कन धितो घटाएर गर्ने गर्दछन् । धेरै अग्रह गरेपछि सकभर बैंकले विद्युत भएको जग्गालाई धितोमा राख्न नै मान्दैनन् . कृषकले आफनो पिडा सुनाएका थिए । यस्तो समस्या समाधानको लागि सरकार “ छोरी पिटी बुहारी तर्साउने” उखान झै भएको छ । यस्ता समस्या समाधानको लागि सरकारको ध्यानाकर्षण गराउन यादवले आग्रह गरेका छन् । उनले भनेका छन्, तार गएको जग्गाको बिक्रि तथा बैंक धितो राख्दा मुल्य अनुसार हुनुपर्दछ । यसक्षेत्रका किसानको पचासौ बिघा जग्गाको विच तथा छेउबाट विद्युतका पोल गाडिएको छ । विकासका लागि राम्रो भएपनि बैंकले धितो नराख्दा समस्या परेकाले राज्यले यस विषयमा किसानलाई सहुलियत दिनुपर्दछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.