लुम्बिनीखबर
सिद्धार्थनगर, १९ जेठ । लुम्बिनी विश्व शान्ति मंचको आयोजना र पन्त ग्लोबल कन्सल्ट्यान्सीको व्यवस्थापन तथा ऐतिहासिक दुधमति संरक्षण अभियान जनकपुरको विशेष पहलमा वृक्षारोपण कार्यक्रम भएको छ ।

जनकपुरको दुधमतिमा नदी सरसफाईका साथै बृक्षारोपण कार्यक्रम जेठ १८ गते बिहिबार भब्य र सब्य रुपले जनकपुरको वडा नम्बर २२ मा सम्पन्न भएको छ ।
बिहिबार जनकपुरको वडा नम्बर २२ मा अवस्थित श्री माध्यमिक विद्यालयमा बृक्षारोपण कार्य अहिले देशको अर्थतन्त्र जटिल अवस्था रहेको मध्यनजर गर्दै यस वर्ष लुम्विनी विश्व शान्ति मंचले फलफुल को बृक्षारोपणमा बढी जोड दिने कुरा मंचका महासचिव तथा प्रवक्ता धिरेन्द्र पन्तले जानकारी दिनु भयो ।

दश लाख बृक्षारोपण तथा संरक्षण अभियान अन्तर्गत उक्त बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको कुरा मंचका अध्यक्ष तथा संस्थाका संस्थापक बासु गौतमले जानकारी दिनु भयो ।
ऐतिहासिक दुधमति संरक्षण अभियानका अध्यक्ष सुदिप मण्डलको अध्यक्षतामा भएको दुधमति नदी सरसफाई तथा बृक्षारोपण कार्यक्रम गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव जगन्नाथ प्रसाद जयसवाल रहेको थिए ।

कार्यक्रममा ऐतिहासिक दुधमति संरक्षण अभियानका अध्यक्ष मण्डलले गरेको कार्यक्रमले जनकपुर र लुम्विनी बिच विशेष साईनो गासिएको कुरा बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव जयसवालले दश लाख बृक्षारोपणमा मधेश प्रदेशको साथ र सहयोग रहने कुरा को जानकारी रहेको बताउनुभयो ।

कार्यक्रममा दश लाख बृक्षारोपण तथा संरक्षण अभियान बारे प्रकाश पार्दै लुम्विनी विश्व शान्ति मंचका अध्यक्ष तथा संस्थापक गौतमले जलवायु परिवर्तनले गर्दा बृक्षारोपण नै उपयुक्त उपाए भएको जानकारी दिनुभयो । सन् २०३० सम्म आफ्नो संस्थाले स्थानिय निकाय र संस्थाहरु संग मिलेर दस लाख बृक्षारोपण कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यकममा ऐतिहासिक दुधमति संरक्षण अभियानका सचिव आनन्द सहानीले लुम्विनी विश्व शान्ति मंचसंग जोडिएर गरिएको कार्यक्रमले नयाँ बाटो तय गरेको बताउनुभयो । यस मंचसंग सहकार्य निरन्तर गरी अघि बढ्ने कुरा बताउनु भयो ।

कार्यक्रममा मंचका उपाध्यक्ष सन्तोष कुवँर, महिला संयोजक तथा कार्यक्रम संयोजक प्रविना रावल पन्त, श्री माध्यमिक विधालय बसबिट्टी जनकपुरका प्रधानअध्यापक उमाकृष्ण लाल कर्ण, प्रसिद्व मिथिला कलाकार अजित कुमार शाह, धनुषा जिल्ला वन कार्यालयका अधिकृत सुरेश शर्मा, जनकपुर उपमहानगरपालिका वडा नम्बर २२ का सचिव जैसीलाल मण्डल, शिक्षाविद अशोक शाह, अभियन्ताहरु निशान्त सिंह, गंगा सहनी, अर्पणा पोखरेल, सरोज भण्डारी, अनामिका अर्याल, नबिल बैंक लिमिटेड जनकपुर शाखाका शाखा प्रमुख राम लामिछाने, मुक्तिनाथ विकास बैंक, मधेश प्रदेश प्रमुख प्रभाष झा लगायत विभिन्न समाजसेवी ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

बृक्षारोपण तथा सरसफाई कार्यक्रमलाई सफल बनाउन नबिल बैंक लिमिटेडले दुधमति नदीमा सरसफाई तथा श्री माध्यमिक विद्यालयमा बृक्षारोपण कार्यकमको प्रयोजन गरेको थियो भने मुक्तिनाथ विकास बैंकले वृक्ष रक्षक (ट्रि गार्ड) तथा वृक्ष प्रयोजन गरेको थियो ।
लुम्विनी विश्व शान्ति मंचको अबको बृक्षारोपण कार्यक्रम शुक्रवार दांङमा र शनिवार नेपालगंजमा रहेको कुरा मंचका महासचिव तथा प्रवक्ता धिरेन्द्र पन्तण्ले जानकारी दिनुभयो । साथै पन्त भन्छन जुन ५ मा विश्व पर्यावरण दिवसको उपलक्ष्यमा काठमाण्डौंको चन्द्रागिरीमा बृहत बृक्षारोपण कार्यक्रम रहेको जानकारी दिनुभयो । साथै मंचले असाढ १२ गते सिद्वार्थनगर रुपन्देहीमा पनि बृक्षारोपण गर्ने जानकारी जनाउनुभयो ।