लुम्बिनीखबर
सिद्धार्थनगर, २५ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको डा. सभ्यता स्किन, हेयर तथा लेजर सेन्टरले जेठ २७ गते शनिवार निःशुल्क छाला सम्बन्धि स्वस्थ्य शिविर कार्यक्रमको आयोजना गरेको छ ।

डा. सभ्यता स्किन, हेयर तथा लेजर सेन्टरले सिद्धार्थनगर नगरपालिकाको भैरहवाको भाटभटेनी सुपरमार्केट नजिकको जनकपथमा रहेको आफ्नै क्लिनिकमा चिकित्सक डा. सभ्यता गुरुङ्ग द्वारा विहान ८ः३० वजेदेखि १२ बजे सम्म संचालन हुने आयोजक स्रोतले जनाएको छ । उक्त कार्यक्रममा निःशुल्क शिविरमा छाला सम्बन्धि डण्डीफोर, दाद, चाउरीपन, एलर्जी, चाँया पोतो, जाभे तथा अन्य छाला, नङ्गका साथै केशका समस्या परिक्षण तथा परामर्श दिने आयोजकले जनाएको छ । डा. सभ्यता स्किन, हेयर तथा लेजर सेन्टरमा केमिकल पिलिङ्ग, इलेक्ट्रो कटरी, बोटोक्स, पी.आर.पी जस्ता सेवाहरु उपलब्ध रहेको र लेजर सेवा केही दिनमै सुरु गर्ने आयोजक स्रोतले जनाएको छ । उक्त शिविरमा दर्ता भएका प्रोसेड्यर सेवामा १ पटकमा १० प्रतिशत छुट समेत रहेको आयोजक स्रोतले जनाएको छ ।