स्थानीय निकाय र इलाका प्रहरी कार्यालय वेवास्ता
अन्जना चौहान
लुम्बिनी, २६ जेठ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ भरतापुरमा बस्ने एकल महिला इसरावती मल्लाह माथि अन्याय भएको छ ।
इसरावती मल्लाह एक एकल महिला हुन् । इसरावती मल्लाह माथि शोषण भएको हुदाँ उनले सम्बन्धित निकायमा उजुरी गर्दा कुनै किसिमको शान्ति सुरक्षा नपाएकोले निराश भएकी छन् । इसरावती मल्लाह आफ्नै गाउँमा बस्ने कुमार मल्लाह र कुमार मल्लाहका परिवारबाट शोषित भएकी छन् । एकल महिला इसरावतीलाई कुमार मल्लाहका परिवारले गाली गलौच, डर, धाक, धम्की, होच्याउने, कुटपिट, अपशब्द, कुदृष्टिले हेर्नुका साथै अहिले उनको जग्गा समेत कब्जा गरेका छन् । इसरावती महिला भएको कारणले उनको गुहार माथि स्थानीय न्यायीक समिति र इलाका प्रहरी कार्यालय वास्ता नगरेको बताउनुभयो । आफू माथि भएको अन्याय, अत्याचार, शोषण र दमन सम्बन्धित निकायमा आफूले लिखित मुददा दर्ता गर्न जादाँ मुद्दा दर्ता नगरेको बताएकी छन् । मेरो मुद्दा माथि चासो नराखी मुद्दाको सत्य तथ्य र यथार्थको खोजी नगरी आलटाल गरेको बताउनुभयो । आफू यस्तो अविरल लु तथा तातो हावामा ५। ६ किलोमिटरमा पर्ने नगरपालिकामा दिनदिनै धाउँदा पनि शान्ति सुरक्षाका लागि सुनवाई नभएको बताउनुभयो ।
शान्ति सुरक्षाका लागि स्थानीय न्यायिक समिति र इलाका प्रहरी कार्यालयले जग्गा कब्जाको विषयमा कुनै किसिमको एक्सन नलिदाँ आफू चिन्तित बनेको बताउनुभयो । त्यसैले आफू अन्यायमा र यसको समाधान कसले गर्ने भन्ने विषयमा लुम्बिनीखबर मार्फत सरोकारवाला तथा संचारकर्मी लगायत सबैलाई जानकारी गराएको बताउनुभयो ।