पशुपति यादव
रोहिणी, २८ जेठ । प्रचण्ड गर्मी र लुबाट जनजीवन अस्तव्यस्त बनेको छ । गर्मी र लुलाई मध्यनजर राखी नेपाल रेडक्रस सोसाइटी उपशाखा धकधईले निशुल्क रुपले सर्वत पानी पियाई धकधई चोकमा मानवीय सेवा कार्य सुरु गरेको सचिवालय शाखाले जानएको छ ।
धकधई चोकबाट आवतजावत गर्ने यात्रुलाई प्रचण्ड गर्मी लु बाट बच्ने यात्रुहरूलाई केही राहत होस भन्ने उद्देश्यले सर्वत पानीको निःशुल्क शिविर सञ्चालनमा ल्याएको शाखाकी उपाध्यक्ष पूर्णिमा रौनियारले जानकारी दिइन।
चिसो पानी सर्वत निःशुल्क धकधई चोक बाट आवतजावत यात्रुहरूलाई यस्ता प्रचण्ड गर्मी लु को समयमा पानी पियाइ मानवीय सेवा गर्दा आफू निकै नै खुसी छु । सबै धकधई अन्तर्गतका संघसंस्था बुद्धिजीवी, व्यापारी, समाजसेवी, समाजिक अगुवा समाजिक अभियन्ता यस्ता मानवीय कार्यमा सहयोगको लागि अपिल गर्दै धकधई क्षेत्रको एउटा चिनारी गराउने अवसर समेत रहेको शाखाका अध्यक्ष अनिल कुमार कौशलले बताए । यस्ता प्रचण्ड गर्मी र लु चलेको बेला निः शुल्क पेयाजल सर्वत पानी यात्रुहरूलाई खुवाई सहयोग गर्ने मानवीय सेवा भावमा आधारित संघसंस्था अघि बढेको कौशलको भनाइ रहेको थियो ।
सम्पूर्ण शाखाका कार्य समितिका पदाधिकारीको निर्णय अनुसार शिविर सञ्चालनमा अघि बढेको अध्यक्षले अघि बताएका थिए ।