पशुपति यादव
यदुवंशी युवा समाज र रुपन्देही अन्र्तगतका २० ओटा विद्यालयका प्रधानाध्यापकहरु बीच अन्तरक्रिया छलफल सम्पन्न भएको छ ।
समाजिक कुरिती विसंगति, रुढीबादी, अन्धविश्वास तथा बालबालिकाहरुको शैक्षिक उन्नतिका लागि अन्तरक्रिया गरिएको यदुवंशी अन्तरक्रिया समाजले जनाएको छ । यदुवंशी युवा समाज रुपन्देहीका अध्यक्ष डा. रणधिर यादवले अन्तरक्रिया छलफलको क्रममा समाज रुपान्तरणको लागि यदुवंशी परिवार अघि बढेको बताए । २० वटा विद्यालय सहभागी रहेको निजी विद्यालयमा ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पठन पाठनको व्यवस्था मिलाएको यादवको भनाइमा रहेको थियो ।
छलफल कै क्रममा दाइजो प्रथा, बालविवाहको कुरा उठान भएको जनचेतना जगाउने समेत कार्यहरु तय भएको आफू अघि बढेको यादवले बताए । शिक्षा विनाको रुपान्तरण विकास असम्भव रहेको शिक्षामा जोड दिनु आजको आवश्यकता रहेको यादवले सुझाव दिएका थिए । संस्थाका सचिव राकेश यादवको सञ्चालनमा कार्यक्रम सम्मपन्न भएको थियो भने विद्यालयका प्रधानाध्यापकले आ–आफ्ना भनाइ राखेका थिए ।