पशुपति यादव
रोहिणी, ३० जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिकाले जनमुखी विकासका लागि पालिकाका विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, अगुवा आम जनसमुदायले गाउँपालिकालाई राय र सुझाव दिएका थिए ।

“ओमसतियाका शान ः सुन्दर, शान्त, समृद्धि गाउँपालिका हाम्रो अभियान” भन्ने मुल नारालाई आत्मसाथ गर्दै कार्यक्रम पालिकाको सामुदायिक बनमा भएको थियो । आर्थिक वर्ष २०८०।०८१ को बजेट निर्माण सम्बन्धी पालिका अन्तर्गतका विभिन्न संघ संस्थाका प्रतिनिधि र जनसमुदायहरु संग राय सुझाव संकलन एवम् छलफलको क्रममा आ–आफनो भनाई राख्दै विभिन्न वडाका वडाबासीहरुले कृषि स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राखी बजेट निर्माण गर्नु पर्ने सल्लाह सुझाव दिएका थिए । कृषि ज्ञान केन्द्र रुपन्देहीको अनुरोध जिल्ला भरि रसायनिक मलको विक्रि वितरण गर्ने सम्पूर्ण विक्रेताहरुलाई संघसंस्था मार्फत गर्नु हुन अनुरोध छ । स्थानीय सरकार अन्तर्गतका सार्वजनिक जग्गा जमिनलाई संरक्षण गर्नु पर्ने, व्यवसाय दर्ता प्रक्रिया सहज र सरल बनाउनुपर्ने, पालिका भित्र संचालनमा रहेका उद्योगमा स्थानीयहरुलाई रोजगारमा प्राथमिकता दिनुपर्ने जस्ता कार्यमा स्थानीयहरुले सुझाव दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले जानकारी दिए ।
रायसुझाव संकलन कार्यक्रममा विद्यालयको भौतिक पूर्वाधार संग अनलाईन शिक्षाका लागि स्मार्टवोर्ड खरिद गरिदिनुपर्ने समान खरिद गर्दा प्रधानाध्यापकलाई सहभागि गराउनुपर्ने हुन्छ । शिक्षकको पोशाक देखि मोवाइल सम्मका सुविधा पालिकाले उपलब्ध गराउनुपर्ने शिक्षकहरु रायसुझाव दिएका थिए ।
पालिकाले दिदै आएको उपचारको लागि आर्थिक सहायताको सट्टा २५ सैयाको अस्पताल निर्माण गरि पालिकावासी स्वास्थ्य सेवा प्रदान गर्न स्थानीयले सुझाएका थिए । लागुऔषधमा फसेका युवायुवतीलाई लक्षित गरि सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने र यस्ता कुलतमा फसेका युवायुवतीको लागि बजेट विनियाोजन गरी पालिका स्तरीय सुधार केन्द्रको स्थापना गर्नुपर्ने , ज्येष्ठ नाागरिक, युवा, अपाङ्ग, वालवालिका, महिलाा, असहाय, विपन्न नागरिक समेतलाई समेट्ने गरी बजेट ल्याउनुपर्ने पालिकास्तरीय गाउँबासीहरु सुझाव दिएको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित यादवले जानकारी दिएका थिए ।
जनभावना समेटेर अगामीको बजेट बनाउने प्रतिबद्धताा जाहेर गर्दै, महिला तथा बालबालिका , पर्यटन क्षेत्र समेतलाई समेट्ने गरी बजेट ल्याउने पालिकाका उपाध्यक्ष सुनिताा चौधरीले बताइन् ।
रायसुझाव संकलन कार्यक्रममा विभिन्न संघ संस्था, क्लब, समुहका प्रतिनिधि संचारकर्मी सरोकारवाला समेतको सहभागि रहेको वडा नम्बर ५ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता मदन पोखरेलले बताएका थिए । कार्यक्रम चक्रपाणि गैरेको संचालनमा सम्पन्न भएको थियो ।