logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कृषि ज्ञान केन्द्र रुपन्देही द्वारा ३ दिने प्राङ्गारिक तरकारी खेती कृषक तालिम सम्पन्न


    १ असार २०८० , शुक्रबार

    कृषि ज्ञान केन्द्र रुपन्देही द्वारा ३ दिने प्राङ्गारिक तरकारी खेती कृषक तालिम सम्पन्न

    एलिना आचार्य
    भैरहवा, १ असार । कृषि तथा भुमि व्यवस्थापन मन्त्रालय, कृषि विकास मन्त्रालय कृषि ज्ञान केन्द्र रुपन्देहीको आयोजनामा प्राङ्गारिक तरकारी खेती कृषक तालिम सम्पन्न भएको छ ।
    कार्यक्रम जेठ ३० मङ्गलवार देखि ३२ विहिवार गरी ३ दिनका लागि तालिमको आयोजना गरीएको थियो । किसानहरुलाई प्राङगरिक तरकारी उत्पादन तथा बजारीकरण र प्रमाणीकरण बारे जानकारी दिन उक्त तालिमको आयोजना गरिएको आयोजक स्रोतले जनाएको छ ।


    कार्यक्रममा कार्यक्रमका अध्यक्ष कृषि ज्ञान केन्द्र तथा कृषि प्रचार अधिकृत अनिल बनियाँले यस्ता कार्यक्रम र तालिमले किसानहरुको उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धिका साथै कृषि कार्यका लागि सचेतना बारे जानकारी बढ्ने कुरा बताएका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपागाइले युवा पुस्तालाई व्यवसायिक कृषिमा ल्याउन आजको मुख्य चुनौती भएको बताउँदै, तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने बताउँदै आगमी दिनमा कृषिका लागि यस्तै विभिन्न कार्यक्रममा सहकार्य र समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
    कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकिकरण रुपन्देहीका प्रमुख नारायण काफ्ले, कृषि सामग्री प्रमुख नारायण प्रसाद शर्मा र रुपन्देही जिल्लाका १६ वटा स्थानीय पालिकाका १।१ जना किसानहरुकोे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.