logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    उत्कृष्ट विद्यालय, विद्यार्थी, विषयगत शिक्षकलाई रोहिणीले गर्यो पुरस्कृत तथा सम्मान


    २ असार २०८० , शनिबार

    उत्कृष्ट विद्यालय, विद्यार्थी, विषयगत शिक्षकलाई रोहिणीले गर्यो पुरस्कृत तथा सम्मान

    पशुपति यादव
    रोहिणी, २ असार । रुपन्देहीको रेहिणी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा धकधईले कक्षा ५ र कक्षा ८ को नतिजा अनुसार २०७९ मा उत्कृष्ट छात्र छात्रा विद्यार्थीलाई साइकल र सम्मानपत्रवाट पुरस्कृत गरेको शिक्षा शाखाले जनाएको छ ।
    रोहिणी गाउँपालिका अन्तर्गतका विद्यालय र विद्यार्थीको मापदण्ड अनुसार सम्मान तथा पुरस्कृत गरेको सुचना शाखाले जनाएको छ ।
    अध्यक्ष स्थानीय सरकार प्रमुख विद्या प्रसाद यादव उत्कृष्ट प्रर्दशन गर्ने विद्यालय, शिक्षक, विद्यार्थीहरुको सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दै “हाम्रो रोहिणी राम्रो रोहिणी ” नारा प्रभावकारी उपलब्धी मुलक बनाउन सबै सरोकारवालाको सहयोग र समर्थनबाट नै सम्भव रहेको अध्यक्षको भनाई रहेको थियो ।


    शिक्षित परिवार ईश्वरको वरदान शिक्षा क्षेत्रबाट अरु गाउँपालिकको तुलनामा रोहिणी गाउँपािलकाको पहिचान दिन सम्बन्धित पक्षलाई यादवले अग्रह गरेका थिए ।
    प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले शिक्षा विना विकास असम्भव रहेको र समाज रुपान्तरणका लागि शिक्षा र शिक्षित समाजवाट नै सम्भावना रहेको गौतमको भनाई रहेको थियो ।
    उपाध्यक्ष शिवकान्ति चमार रोहिणी भित्रका विद्यालयमा सेवारत शिक्षक, शिक्षिकाले शिक्षामा गुणात्मक फडको मार्नको लागि सबैको सहयोग अपरिहार्य रहेको उपाध्यक्षको भनाई रहेको थियो ।
    सम्मान पुरस्कार वितरण समारोहमा शिक्षा समिति सदस्य तारा नाथ त्रिपाठी, मनोज कुमार यादवले आ–आफना धारणा राखेका थिए ।
    गाउँपालिका अन्तर्गतका विद्यालय मध्ये छिपागढ माध्यमिक विद्यालय कक्षा ५ का नेहा यादव प्रथम स्थान हासिल गरी साइकल र प्रमाणपत्र वाट सम्मानित भएका हुन भने दोस्रो स्थान प्राप्त गर्ने वोदवर माध्यमिक विद्यालयका शुभम कोइरी साइकल तथा प्रमाणपत्र वाट सम्मानित भएका थिए ।
    तृतीय स्थान हासिल गरी नवजीवन आधारभुत तरकुलहाका राज नारायण तेली साइकल तथा प्रमाणपत्र वाट सम्मनित भएका थिए ।
    शिक्षा शाखाको मापदण्ड अनुसार कक्षा ८ का संस्थागत विद्यालयमा स्पाङ्गल विद्यालयकी आकृति श्रेष्ठ उत्कृष्ट पुरस्कार साइकल र प्रमाणपत्र हात परेका छन भने स्पाङ्गल विद्यालयका सागर कुर्मी शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरी पुरस्कृत भएका छन् । सामुदायिक विद्यालय तर्फ भविष्य उज्वलका सिद्धार्थ हरिजन साइकल र प्रमाणपत्र सहित पुरस्कार प्राप्त गरेका छन् । छिपागढ माध्यमिक विद्यालय कक्षा ८ का अस्मिता यादव पुरस्कार स्वरूप साइकल प्राप्त गरेका थिए भने प्रमाणपत्र बाट सम्मानित भएका थिए । सामुदायिक विद्यालय बोदवार माध्यमिक विद्यालय कक्षा ८ परीक्षाफल अनुसार उत्कृष्ट कल्पना हरिजन प्रमाणपत्र र साइकल पुरस्कृत भएको मापदण्ड तयार गर्ने शिक्षा समिति जनाएको छ ।
    गाउँपालिका शिक्षा शाखा शिक्षा समितिले निर्माण गरेको मापदण्ड अनुसार विद्यालयहरु सम्मानपत्र एवम् नगद धनरासी सहित पुरस्कृत भएको पालिका सचिवालयले जनाएको छ ।
    विद्यालयको शैक्षिक स्तर, सन्तोषजनक विद्यार्थी, उत्कृष्ट नतिजावाट हरित (हराभरा) भएको भविष्य उज्जवल आधारभुत विद्यालयका प्रधानाध्यापक धनेश्वर कुँवर विद्यालय व्यवस्थापन समिति समेतलाई ४७ हजार नगद धनरासी र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो ।
    पजरकट्टी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक शिवकुमार राज भर १५ हजार नगर र सम्मानपत्र द्वारा सम्मानित भएका थिए । भने बोदवार माध्यमिक विद्यालयका प्रधानाध्यापक मुवारक हुसेन सम्मानपत्र सहित १२ हजार नगद सहित सम्मानित भएका थिए । छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक बबुन्ना गद्दी २० हजार नगद सहित सम्मान स्वारुप हात पारेका थिए भने नवजीवन आधारभुत विद्यालयका प्रधानाध्यापक जनार्दन यादव १५ हजारबाट सम्मानित भएका थिए । जनचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति सहित धनरासीले पुरस्कृत र सम्मानित गरिएको थियो ।
    विषयगत सम्मनित हुने शिक्षकमा नेपाली विषयका धनेश्वर कुँवर, पिपरहवा माध्यमिक विद्यालयका सामाजिक, गणित विषयका राधेश हरिजन, भविष्य उज्जवलका विज्ञान विषयका लेखराज हरिजन, पेशा व्यवसाय विषयका उर्मिला चौधरी , अङ्गे्रजी विषयका शिवराम गडेरिया, कम्प्युटर विषयका सवित्री कुँवर, नैतिक विषयका मुक्ति नारायण थारु, विज्ञान विषयका भानुशंकर कहाँर , मदरसा तर्फ नेपाली विषयका शलिमुन निशा, आमिना खातुन, नजमा खातुन, कृष्ण प्रसाद चौधरीलाई विषयगत हिसाबले बहुसंख्यक विद्यार्थीले पाएको प्रतिफल कै कारण शिक्षकलाई सम्मान गरिएको मुल्याङ्कन समितिले जनाएको छ ।
    श्री राम नरेश यादव आदर्श नमुना माध्यमिक विद्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको थियो । रोहिणी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत मधु घिमिरेको संचालन रोहिणी गाउँपालिकाको आयोजनामा पुरस्कृत र सम्मानित हुने विद्यार्थी र शिक्षकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.