logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    नेपाल भरी गुणस्तरीय कापी पुर्याउन राज कापी उद्योग


    ११ असार २०८० , सोमबार

    नेपाल भरी गुणस्तरीय कापी पुर्याउन राज कापी उद्योग

    झब्बर यादव
    सिद्धार्थनगर, १० असार । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवारमा राज कापी उद्योग संचालनमा आएको छ । राज कापी उद्योग अहिले कापीको आवश्यकता र महत्वलाई ध्यानमा राखि संचालन आएको हो ।

    राज कापी उद्योगको स्थापना २०८० साल जेठ १७ गते भएको हो । उद्योगमा ७ जनाले रोजगार पाएका छन् । कापीको उपयोग साधारण लेखपढ गर्ने मानिसका साथै अन्य व्यक्तिहरुले दैनिक क्रियाकलाप लिखित रुपमा राख्नका लागि प्रयोग गरेको पाइन्छ । जुन विद्यार्थी, शिक्षक, कर्मचारी, डाक्टर, इन्जिनीयर, किसान, ठेकेदार, चित्रकारहरु आदिले आफ्नो कार्यमा कुनै न कुनै माध्यमबाट कापीको प्रयोग गरेको देखिन्छ । जसले दीर्घकालिन सम्म राख्नका लागि प्रयोग गरेको पाइन्छ । कापीको आवश्यकता, महत्व र प्रयोगलाई आधारमा राखि यस नगरपालिकामा आफनै नाम राखि राज कापी उद्योग संचालन गरेको उद्योगका प्रमुख राज कुमार यादवले बताएका छन् । यो नगरपालिका तथा स्थानीय स्तरमा उद्योग धन्दा खुलेको देखिदैन् । उद्योग नहुदाँ कारोवार र व्यापार व्यवसाय गर्न नपाउदाँ कतिपय युवाहरु विदेशमा श्रमको खोजीमा जाने परम्परा देखि नै चलिआएको छ तर आफूले नेपालमै विद्यालय तह देखि विश्व विद्यालय सम्म पढेर अन्य देशमा श्रम गर्नु भन्दा आफ्नै देश तथा क्षेत्रमा केही गर्ने र आफू संगै अरु पनि मानिसहरुलाई रोजगारको सृजना गर्ने उद्देश्यका साथ उद्योग संचाालन गरेको यादवले बताएका छन् । कापी उद्योगका साथ अन्य विभिन्न किसिमका सम्भावना यहाँ तीव्र रहेको यादवको भनाई छ । स्थानीयवासीहरुले भारतबाट सामग्री मगाउदा विभिन्न किसिमका समस्याहरु झेल्नुका साथै मुल्य र गुणस्तरमा नेपाल भन्दा भिन्नता देखिएको यादवले बताएका छन् । अहिले कम्प्युटर, ल्यापटप तथा स्मार्टफोनको विकासले गर्दा लेख्नका लागि कापी प्रयोग गर्ने क्रम बिस्तारै कम हुँदै गएको छ । तर पनि सबै मानिसहरु प्रविधिको प्रयोग बढी खचिलो हुने भएकोले लगानी गर्न सक्दैनन् । त्यसैले यो पिछडिएको क्षेत्रको सबै ठाउँका सस्तो र गुणस्तर कापी पुर्याउने लक्ष्य राखेर कारोवारलाई अगाडि बढाएको यादवले बताएका छन् । कापीको प्रयोगले विभिन्न फाइदाहरु रहेका छन् । मस्तिष्कको विकासका लागि भने लेख्न कापी प्रयोग गर्नु उपयुक्त हुने यादवको भनाई रहेको छ । कापी प्रयोग गरेर लेख्ने मानिसको मस्तिष्कको विकासका लागि फाइदाजनक हुन्छ । कापी प्रयोग गरेर लेख्नेको मस्तिष्क प्रविधि प्रयोग गर्नेको तुलनामा शान्त हुन्छ । कुनै पनि कुरा सुन्दर तवरले लेख्ने गर्दा मानिसको लेखाई क्षमता वृद्धिका साथै स्थायित्व पनि प्राप्त हुन्छ । कापी प्रयोग गरेर लेख्ने बालबालिकमा बढी रचनात्मक क्षमता हुने हुन्छ , किनकि हातले लेख्दा तुलनात्कम रुपमा ढिलो हुने तर त्यसले नयाँ कुरा सोच्नका लागि समय मिल्ने भएकाले रचनात्मक क्षमता वृद्धि हुने यादवले बताएका छन् । कापीमा हातले नै लेखिएको कुरा प्रविधिको प्रयोग गरेर लेखिएका भन्दा लामो समय सम्म सम्झिन र राख्न सकिने यादवको भनाई रहेको छ । यो पालिका भारतको खुला सिमाना संग जोडिएकोले यहाँ उद्योग संचालन गर्न अति नै चुनौति पूर्ण रहेको छ । लगानी गरे अनुसार र सोचे अनुसारको कार्य गर्न कठिनाई रहेको यादवले बताएका छन् । राज कापी उद्योगले भारतीय भन्दा गुणस्तर र सस्तो मुल्यमा कापी तथा स्टेश्नरीहरु उपलब्ध गराउने यादवले बताएका छन् । यो उद्योगले नेपालको ७७ वटै जिल्लामा पुर्याउने लक्ष्यका राखेको छ । कापीका लागि चाहिने कच्चा पदार्थहरु तथा सामग्री बुटवल, पोखरा, विरगञ्ज, काठमाडाँै लगायतका ठाउँबाट ल्याएको बताएका छन् । अहिलेको उपलब्धीलाई हेर्दा एकदमै राम्रो देखिएको बताएका छन् । यदि यस्ता अन्य उद्योग संचालनमा आएमा देशको अर्थतन्त्रमा पनि सुधार हुने, स्थानीयवासीहरु खाली समय सदुपयोग गरी रोजगार समेत पाउने सम्भावना देखिएको यादवको भनाई रहेको छ । अन्त्यमा यादवले भने सबै सम्बन्धित व्यक्तिहरु विद्यार्थी, शिक्षक, अभिभावक, व्यापार व्यवसायी लगायत सरोकारवालाहरु आफनै देशमा उत्पादन भएका सामग्री प्रयोग गर्न यादवको अग्रह छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.