असलम खाँन
मर्चवार, ११ असार । रुपन्देहीको मर्चवारी गाउँपालिकामा बालविकास सहजकार्ताहरुलाई ८ दिने क्षमता विकास कार्यशाला तालिम सम्पन्न भएको छ ।

बालविकास सहजकर्तालाई क्षमता विकास कार्यशाला तालिम मर्चवारी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको अयोजनामा असार ३ गते आइतवार देखि संचालन तालिम ११ गते सोमवार सम्पन्न भएको आयोजकले जनाएको छ ।

गाउँपालिका भित्रका विभिन्न विद्यालयमा कार्यरत ३३ जना बालविकास शिक्षकहरु मध्ये ३० जना शिक्षकहरु तालिममा सहभागीता तालिम सम्पन्न भएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मनमोहन यादवले बताउनुभयो ।
बालविकास कक्षामा अध्ययन गर्ने ५ वर्ष मुनिका बालबालिकाहरुलाई आधुनिक तरीकाले सिकाई गराउने उद्देश्यले तालिम संचालन गरिएको शाखा प्रमुख यादवले जानकारी दिनभयो ।

तालिममा सहभागीहरुलाई बालबालिकाहरुलाई पढाउने बेलामा कसरी खेलको माध्यमवाट शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक रुपले विकास गर्ने बारे तालिमका प्रशिक्षक जनता माध्यमिक विद्यालयका शिक्षक राम सरन यादवले प्रशिक्षण गर्नुभएको थियो ।

बढ्दै गरेको आधुनिकतालाई आत्मसाथ गर्दै बालबालिकाहरुको सिकाईलाई सहज बनाउने विभिन्न माध्यमबारे सहभागीहरुलाई प्रशिक्षण गरिएको अर्का प्रशिक्षक सम्मरीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौडले प्रशिक्षण गर्नु भएको थियो ।
सोमाबार तालिमको समापन समारोहमा मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बालविकास कक्षाको शिक्षकहरुलाई सेवा सुबिधामा कुनै कसर नराख्ने बताएका थिए । स्थानीय तह आएपछि बालविकासका शिक्षकहरुलाई थप सेवा सुबिधा प्रदान गर्नेलाई निरन्तर गरी शिक्षालाई प्रभावकारी बनाउने अध्यक्ष बरईले बताएका थिए । गाउँपालिका अध्यक्षले बरईले भने ‘बालबालिकाको मानसिक विकास समय नै बाल कक्षामा हो, बालबालिकाहरुलाई हसाई, खेलाई, पढाउनु होला तपाईहरुको सेवा सुबिधामा कुनै कसर हुने छैन । आजका बालबालिका नै भोलीको समाजको भविष्य हुने भएको हुँदा बालबालिकाहरुलाई सकारात्मक बाटो तर्फ डोर्याउन हामी सबैको कर्तब्य हो ।’

तालिमबाट नयाँ तथा आधुनिक र मनोरन्जनात्मक तरिकाले सिकाई कसरी गर्ने भन्ने कुरा आफुले राम्ररी सिकेको तालिमका सहभागी शिक्षक रिंकी धवलले बताउनुभयो । तालिममा सिकिएका कुराहरुलाई ब्यवहारमा उतारी बालबालिकाहरुलाई प्रभावकारी तरिकाले सिकाउने सहभागि धवलले बताईन् ।

तालिमले बालबालिकाहरुलाई प्रभाकारी शिक्षा प्रदान गर्ने उर्जा थपिएको तालिमका अर्का सहभागी सन्ध्या यादवले बताइन् । बालबालिका जस्तै हसी खेली सिकेकोले कक्षामा पढाउने पनि सहज हुने बताइन् ।