logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मर्चवारी वडा २ को सार्बजनिक सुनुवाइ सम्पन्न


    १२ असार २०८० , मंगलबार

    मर्चवारी वडा २ को सार्बजनिक सुनुवाइ सम्पन्न

    असलम खान
    मर्चवार, १२ असार। रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर २ को सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
    सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।


    वडा अध्यक्ष शाशिदयाल चौधरीले वडा नम्बर २ अन्तर्गतका कुल १९ मध्ये १९ योजना तथा कार्यक्रम सम्पन्न भइसकेको बताएका छन्। वडाध्यक्ष चौधरीले २०७९ साउन महिना देखि २०८० जेठ महिनाको ३२ गतेसम्म सम्पत्तिकर, मालपोत, घर–ग्गाबहाल कर, सिफारिस दस्तुर, अन्य दस्तुर तथा राजश्व गरि कुल १ लाख ७४ हजार, ४ सय २७ रूपैया असुलभइ गाउँपालकिाको बैंक खातामा दाखिला भएको बताए।
    वडाध्यक्ष चौधरीले सामाजिक सुरक्षा भत्ता अन्तरगत जेष्ठ नागरिक २७९, दलित जेष्ठ नागरिक ४१ उमेर नपुगेका एकल महिला, जेष्ठ नागरिक एकल महिला ६०ं२१, भिन्न क्षमता भएका ७१ गरि कुल जम्मा ४५३ जना लाभार्थीले सेवा लिनुभएको जानकारी गराए ।
    उनले चालु आर्थिक वर्षमा जम्मा ५६३ वटा घटना दर्ता भएको बताए । उनले, सडक मर्मत तथा पिसीसी ढलान, स्वास्थ्य चौकी भवनमा प्लाष्टर रंगरोगन, बिद्युतीय स्प्रे टंकी बितरण, पशुपंक्षी खोप, ह्याण्डपाइप जडान, कुलो निर्माण,पुल निर्माण र जेष्ठ नागरिकलाइ सम्मान कार्यक्रम गरिएको बताए। उनले वडामा सडकको अवस्था पहिलैदेखि नाजुक रहेको बताउदै यस आर्थिक वर्षमा सडक निर्माण कार्यलाइ प्राथमिकता दिइएको बताए । वडामा भएका गतिविधिहरुको बारेमा सार्बजनिक सुनुवाइमा सहभागीहरुले सोधेको प्रश्नमा गाउँपालिका अध्यक्ष गया प्रसाद बरइ, प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराइ, वडाध्यक्ष शाशिदयाल चौधरी, वडासचिव हेम बहादुर थापा,पी.यश.सी. इन्चार्ज रकेश यादव लगायतले जवाफ दिएका थिए। दलित सामाजिक बिकास केन्द्रको प्राबिधिक सहयोग तथा संस्थाका सदस्य चन्द्रिका हरिजनद्वारा संचालित कार्यक्रमको समापन गर्दै वडाध्यक्ष चौधरीले वडामा भए गरेका गतिविधिमा आफ्नो साझा चिन्तन रहेको र सार्वजनिक सुनुवाइमा सुझाव तथा सल्लाह दिएकोमा धन्यवाद दिएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.