logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    तिनाउ नदीले खतराको चेतावनी, सतर्कता अपनाउन आग्रह


    १६ असार २०८० , शनिबार

    तिनाउ नदीले खतराको  चेतावनी, सतर्कता अपनाउन आग्रह

    लुम्बिनीखबर
    भैरहवा, १६ असार । रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीमा जलसतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ ।


    बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै पछिल्लो ३ घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।


    तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरू दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।


    यसै गरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। रुपन्देही र आसपास भारी वर्षा भएको छ । उक्त जिल्ला भई बहने ससाना खहरे खोलामा आकस्मिक बाढी हुनको साथै होचा स्थानमा डुवान हुन सक्ने भएकोले नदी तटिय क्षेत्रमा हुनेहरु उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.