लुम्बिनीका सार्वजनिक विद्यालयका विद्यार्थीहरु पाठयपुस्तकको मारमा परेका छन् ।
अन्जना चौहान
लुम्बिनी, १८ असार । जिल्ला रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा ११ महदेवा स्थित श्री सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरु विद्यालय सुरु भएको ढाई महिना वितिसक्दा पनि किताब पाएको छैनन् ।
शैक्षिक सत्र ०८० बैशाख महिना देखि शैक्षिक सत्र सुरु भइ असार महिनामा विद्यालय बन्द हुन्छ भनी विद्यार्थीहरुले आमाबुवाहरुलाई लिएर किताब लिना आउँदा किताब केहीले पाए पनि अरु विद्यार्थी भनि रित्तो हात फर्कने गरेको पाइन्छ । विद्यालयमा पाठयपुस्तक भनेको अतिआवश्यक मानिन्छ । पाठयपुस्तकको अभावमा शिक्षकले शिक्षण सिकाई गर्न कठिन हुन्छ, विद्यार्थीले गृहकार्य गर्न कठिनाई हुने ,अभिभावकले विद्यार्थीलाई पढन लगाउदाँ किताबको अभावमा गृहकार्य नगर्ने गाह्रो हुने भएकोले विभिन्न किसिमका उद्देश्यहरु बनाए त पनि कार्यान्वयन पक्षको लापरवाहीले विद्यार्थीलाई कक्षागत स्तर अनुसार जुन किसिमको ज्ञान हुन पर्ने हो त्यस्तो किसिमको उपलब्धी देखिदैन् ।
विद्यालयका प्रधानाध्यापक आशोक कुमार गौडले हरेक बर्ष यस्तै कार्य गरिरहेको हुदाँ बारम्बार शिक्षा शाखामा भने पनि शिक्षा शाखा मौन रहेको छ । समयमा किताब नपाउदाँ कसरी विद्यार्थी पढ्छन् उनीहरुको भविष्य माथि खेलवाड भईरहेको देखिन्छ । यो विद्यालयमा कक्षा ५ र ६ पुगे पनि पढ्न विद्यार्थीहरु उचित समयमा किताब तथा सिकाईका लागि चाहिने पाठ्यपुस्तक नपाउदाँ किताब समेत पढ्न सक्ने अवस्था देख्न्छि । यस विषयमा विद्यालय ब्यवस्थापन समितिले पनि चासो राखेको देखिदैन् । गौडले भन्छन् शिक्षाका लागि पाठयपुस्त खरिदका लागि जति बजेट आएको थियो त्यति बजेट बराबरको किताब वितरण गरेको छु । साथै शिक्षा शाखाले समयमा रकम नपठाउदाँ विद्यालय किताबवाट बञ्चित रहेको गौडको अरोप रहेको छ ।
विद्यार्थीले किताब नपाएको गुनासो अभिभावकले गरेपछि आज केही विद्यार्थीहरुलाई वितरण गरि अरु विद्यार्थीहरु रित्तो घर फर्कने गरेको छन् ।
शिक्षा प्रमुख लक्ष्मी पराजुली संग सोधपुछ गर्दा हामी विद्यार्थीको संख्याको आधारमा सुरुमा ७५ प्रतिशत रकम जेठ महिनाको अन्तिमा पठाएको बताएकी छन् । २५ प्रतिशत बाँकी रकम नयाँ विद्यार्थी भर्ना र छुट विद्यार्थीको संख्याको आधारमा यहि असार महिनामा सबै रकम पठाएका बताएकी छन् ।