logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    काशी नोबल एकेडेमी भैरहवाका अमन बेल्बासे एसईई परीक्षामा सर्वोकृष्ट


    २२ असार २०८० , शुक्रबार

    काशी नोबल एकेडेमी भैरहवाका अमन बेल्बासे एसईई परीक्षामा सर्वोकृष्ट

    रुविना थापा
    भैरहवा, २२ असार । २०७९ सालको एसईई परीक्षामा काशी नोबल एकेडेमी, भैरहवा रुपन्देहीका अमन बेल्बासे ३.९५ जिपिए ल्याई रुपन्देहीमा सर्वोकृष्ट भएका छन् ।
    काशाी नोबल एकेडेमीका प्रधानाध्यापक राजेन्द्र प्रसाद घिमिरेले बेल्बासे ३.९५ जिपिए ल्याएर रुपन्देहीमा सर्वोकृष्ट भएको दावी गरेका हुन । सिद्धार्थनगरपालिका घर भएका बेल्बासे मेधावी छात्र भएका काशी नोबल एकेडेमीले जनाएको छ । उनी खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट हुने गरेको विद्यायको तथ्याङ्कले देखाउने गरेको छ । एस वर्षको एसईई परीक्षामामा जम्मा ९७ विद्यार्थीहरु सम्मिलित भएको विद्यालयका सहायक प्रधानाध्यापक श्री रायमाझी बताउनु हुन्छ । एसईई सम्मिलित सम्पूर्ण विद्यार्थीहरुले उत्कृष्ट अङ्क प्राप्त गरेको विद्यालय व्यवस्थापकले
    जनाएको छ । नेपालको उत्कृष्ट विद्यालय भित्र पर्ने काशी नोवल एकेडेमी गुणस्तर शिक्षा प्रदान गर्ने नमुना विद्यालय हो ।
    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
    सार्वजनिक नतिजा अनुसार रुपन्देहीमा यो वर्षको एसईई ४ जीपीए ल्याउनेको संख्या शून्य भएको छ । २०७९ साल चैत १९–२९ गते सम्म सञ्चालन भएको एसईई परीक्षामा नेपाल भरबाट ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सम्मिलित भएका थिए ।
    रुपन्देहीबाट एसईई परीक्षामा १७ हजार ९ सय १५ जना परीक्षार्थी सम्मिलित थिए । जसमा ०.८ भन्दा माथि १.२ भन्दा कम जिपिए ल्याउने विद्यार्थीहरुको संख्या १८५ रहेको छ । १.२ भन्दा माथि १.६ भन्दा कम जिपिए ल्याउने विद्यार्थीहरुको संख्या १९९७ रहेको छ । त्यस्तै १.६ भन्दा माथि २.० भन्दा कम जिपिए ल्याउने विद्यार्थीहरुको संख्या ३३ सय ४६ जना छ ।
    २.० भन्दा माथि २.४ भन्दा कम जीपीए ल्याउनेको संख्या ३१ सय ५४ जना रहेको छ । २.४ भन्दा माथि २.८ कम जिपिए ल्याउने विद्यार्थीहरुको संख्या ३२३७ रहेको छ । २.८ माथि ३.२ भन्दा कम जिपिए ल्याने विद्यार्थीहरुको संख्या ३२२४ रहेको छ । ३.२ भन्दा माथि ३.६ भन्दा कम जिपिए ल्याउने विद्यार्थीहरुको संख्या १९५८ रहेको छ । ३.६ भन्दा माथि ४ भन्दा कम जिपिए ल्याउने विद्यार्थीहरुको संख्या ६१३ रहेको छ ।
    ४.० जिपिए ल्याउने विद्यार्थीहरुको संख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.