ज्ञानेश्वर सहानी
नवलपरासी , ०५ साउन । पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पताका डक्टर पुजा अचार्यको निवासबाट पैसा चोरी भएको छ ।रामग्राम नगरपालिका वडा न. ५ स्थित पृथ्वी चन्द्र अस्पतालका डेन्टल डाक्टर पुजा अचार्यको निवासबाटै ८ हजार भन्दा बढी पैसा चोरीभएको अस्पताल स्रोतले जानकारी दिएको छ ।निवासको ताल्चा तोडेर नगद ८ हजार ३ सय भन्दा बढी नगद चोरि भएको डा.आचार्यले वताएकी छन । अस्पताल हाता भित्रको निवासवाट चोरी हुनु गंभिर विषय भएको अस्पतालका कर्मचारी वताउछन ।सिसि टिभि जडानको निगरानामा रहेको पृथ्वी चन्द्र अस्पतालको आवास भित्रै चोरी हुदा सवैमा त्रास श्रृजना गराएको छ ।चोरिको घटनालाई अस्पतालले गंभिररुपमा लिएको पृथ्वी चन्द्र अस्पतालका ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताएका छन्।पृथ्वी चन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले चोरीको विषयमा अहिले केहि भन्न नसक्ने वताए।