झब्बर यादव
सिद्धार्थनगर, ११ असार । नेपाल निर्माण व्यवसायी महासंघका नौँ बुदे माग प्रति सर्मथन गर्दै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले जिल्ला प्रशासन कार्यालयमा मंगलवार ज्ञापनपत्र बुझाएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले साउन ७ गते आइतवार निकालेको प्रेस विज्ञप्तिमा महासंघले निर्माण उद्योग मैत्री ऐन, नियम प्रति बिरोध गरेको छ ।
निर्माण व्यवसायीहरु मुलुकको निर्माण कम्पनीहरुले गति लिन नसक्ने विषयमा नेपाल सरकार र सरोकारवाला निकाय समक्ष निरन्तर अवाज उठाउदै आएको ज्ञापन पत्रमा जनाईको छ ।
नेपाल सरकारवाट सार्वजनिक खरिद बाधा अडकाउन फुकाउनका लागि जारी भएको आदेशले हाल म्याद थप र भुक्तानीमा समस्या समाधान गर्न नसक्ने निर्माण व्यवसायीहरुले जनाएका छन् ।
सार्वजनिक खरिद बाधा अडकाउन फुकाउनका लागि जारी भएको आदेशले पुर्वाधारको विकास र विस्तारमा प्रतिकुल असर पारेको महासंघको ठहर रहेको छ । निर्माण कार्य सम्पन्न भएपनि अरवौँ रकम भुक्तानी नहुदाँ मारमा परेका निर्माण व्यवसायीहरु उक्त आदेशका कारण थप मारमा परेका छन् । यस महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा देशभरका निर्माण व्यवसायीहरु विच छलफल भएको छ । चार सय भन्दा वढी निर्माण व्यवसायीहरुको उपस्थितिमा भेला सम्पन्न भएको हो । उक्त भेलाले गरेका निर्णयहरु सहित महासंघको भावी अन्दोलन कार्यक्रममा यसै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन ।
नेपाल निर्माण व्यवसायी महासंघको भेलामा नौँ बुदेँ मागहरुको निर्णय गरिएको थियो । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारवाट जारी म्याद थपको आदेशमा संशोधन गरि सम्पूर्ण आयोजकहरुको एकमुष्ट रुपले म्याद थप गर्न आदेश जारी गर्नुपर्ने, अत्याधिक र प्रत्याशित रुपले भएको मुल्यबृद्धिलाई सम्वोधन हुने गरी मुल्य समायोजन गर्नुपर्ने, रुग्ण आयोजनाहरु अन्योैलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नु पर्ने, चेक वाउन्स र बैंक ग्यारेण्टी जफत गर्ने लगायतको कार्यवाही रोक्नुपर्ने, विमाको प्रिमियम दरमा भएको बृद्धिलाई खारेज गरिनुपर्ने, स्रोतमा कट्टी गरेको अग्रीम आयकर र मु.व.करको कट्टी गरेको रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने, कानुनमा संशोधन गरिनुपर्ने जस्ता मागको निर्णय महासंघको भेलामा भएको हो । यस विषयमा लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देही,सिद्धार्थनगरका कोषाध्यक्ष प्रितम रौनियारका साथै अन्य सदस्यहरु सहित ज्ञापनपत्र बुझाएका छन् । लुम्बिनी निर्माण व्यवसायी संघले देशको विकास र समृद्धिका लागि निर्माण व्यवसायीलाई सहज र सरल हुने नीति नियम बनाउन आग्रह गरेको छ ।