logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    रुपन्देहीको सैनामैनाबाट ४ युवा हेरोईनसहित पक्राउ


    ११ साउन २०८० , बिहिबार

    रुपन्देहीको सैनामैनाबाट ४ युवा हेरोईनसहित पक्राउ

    लुम्बिनीखबर
    भैरहवा, ११ जेठ ।

    ईलाका प्रहरी कार्यालय सालझण्डीले रुपन्देहीको सैनामैना–१०, सालझण्डी बजारबाट लागुऔषधसहित ४ युवालाई पक्राउ गरेको छ । लागु औषध खैरो हेरोइनको खरिद बिक्री कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा कञ्चन गाउँपालिका– ५ बस्ने १८ वर्षीय प्रतिक थापा, सैनामैना–१० का २६ वर्षीय ‘पट’ भन्ने सुनिल थारू, सोही स्थानका २८ वर्षीय ‘जिसस’ भन्ने जित बहादुर दर्लामी र २५ वर्षीय ‘डि के’ भन्ने दिनेश कुमार पुन रहेका छन् । शरिर खानतलासी गर्दा उनीहरुको साथबाट ३२ थान पुडियामा गरी जम्मा २५६० मिली ग्राम लागुऔषध खैरो हेरोइन फेला पारिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.