एलिना आचार्य
भैरहवा, १४ श्रावण । लायन्स क्लब सिद्धार्थनगर लेडी युथ र लायन्स अफ प्रोग्रेसिब सिद्धार्थनगरको संयुक्त आयोजनामा वृक्ष रोपण गरीएको छ । लायन्सको “गो ग्रीन विधा” अन्र्तगत आइतबार सिद्धार्थनगर नगरपालिका वडा न्ां १ मा रहेको वेलहिया माध्यमिक विद्यालयमा वृक्ष रोपण गरेको हो । लायन्सले विभिन्न विधामा विगत देखि नै काम गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लायन्स ३२५ पि का डिस्ट्रिक गर्भनर अर्जन मान श्रेष्ठले लायन्स क्लबले वातारणको संरक्षणको क्षेत्र संग सगै बालबालीकाको क्षेत्रमा पनि लागि पर्न प्रोत्साहन गर्दै, ग्रीन जोनको विचार सहराहिनी भएको बताए ।
कार्यक्रमका अध्यक्ष सिद्धार्थनगर लेडी युथका अध्यक्ष निपा क्षेत्रीले बालबालीका भविष्यको कर्णदार भएको बताउँदै विद्यालय क्षेत्रमा गरीने वृक्ष रोपणले विद्यार्थीहरुलाई समेत वातावरण मैत्री बन्न भुमिका निर्वाह गर्ने बताइन् ।
कार्यक्रममा लायन्स ३२५ पि का डिस्ट्रिकका पदाधीकारी, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथका पदाधीकारी , लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रसिबका अध्यक्ष एवं पदाधिकारी, बेलाहिया माविका प्रध्यानध्यापक बिना भन्डारी लगायतको उपस्थिती रहेको कार्यक्रमको संयोजक लायन सुधा कुवंर रहेकी थिइन् भने कार्यक्रमको संचालन लायन्स क्बल अफ प्रोग्रबि सिद्धार्थनगरका सचिव गणेश न्यौपानेले गरेका थिए ।