अन्जना चौहान, लुम्बिनीखबर
लुम्बिनी, १४ साउन । रुपन्देही जिल्लाको बजारमा रङ्गी, बिराडगी मोमबत्ती प्रशास्त मात्रामा उपलव्ध भएकोले कुमालहरुको पेशा संकटमा परेको हो ।
रुपन्देहीमा मात्र नभए नेपालको विभिन्न ठाउँमा बसोबास गर्ने कुमालहरुको पेशा संकटमा परेको छ । कुमालहरुको मुख्य पेशा भनेको माटोको भाडाहरु बनाउने हो । जुन विभिन्न चार्ड पर्ब, पुजापाठ, दाहसंकार, आदि जस्ता कार्यमा कुमालहरुले बनाएको माटोको भाडाहरु प्रयोग गर्ने चलन पुर्खादेखि नै चलिआएको थियो । तर अहिले भने नेपालको सबै क्षेत्रमा पर्ने बजारहरुमा विद्युतीय बत्ती तथा मैनबत्तिहरुको आगमनले उनीहरुले बनाएको विभिन्न प्रकारका माटाका भाडाहरु बजारीकरण पाएको देखिदैन् ।
कुमालहरुले बनाएको माटाका परिकारहरु दिपावली, शादी बिबाह, भोज भातेर, दाहसंकार, ब्रत, पुजापाठ, जस्ता शुभकार्यमा प्रयोगमा कमी आएको छ । कुनै शुभ काम गर्दा कुमाल जातीले बनाएका माटाका भाडा बरतनहरुको अवश्यकता परेको बेलामा माटाका भाडा बरतनको शुभ मानेकोले धेरै आवश्यक रहेका पण्डित प्रोहितहरुले बताउछन् । कुनै पनि शुभ कार्य गर्दा अथवा पुजा पाठमा धेरै माटोका भाडाहरुको अवश्यकता पर्छ ।
त्यति मात्र होइन बिजय दशमी, दिपावली, शादी विवाहको मुहरतको बेलामा पुजापाठ गर्ने र यस्ता पर्वहरु नजिकदा आउँदा कुमालहरुले माटोको भाडा बरतन बनाई पुर्ब तयारी गरेको बताउँछन । जस्तै दिपावली दशहरा को अवसरमा मौक्का छोपी २ महिना आगाडी देखी बरतन बनाउने तयारी गर्नुका साथै यो वर्ष के कति आमदनी हुन्छ भन्ने आसा गर्दै माटोका भाडा बनाई राखेका हुन्छ । दशहरा दिपावलीको अवसरमा माटोका भाडा बरतन बनाई राखे त पनि बजारमा रङ्गी बिरङ्गी मोमबत्ती, प्लाष्टिकका, दियो गिलास, प्रशास्त मात्रामा उपलव्ध भएकाले कुमालहरुले आफुले बनाएका दियो गिलास तथा अन्य भाडा बरतन थन्किएर राखेका चिन्तित भएका बताउाछन् । यति मात्र होइना गत वर्षमा दिपावली दशहराको बेलामा कुमालहरुले बनाएका दियो तथा भाडा बरतनहरुबाट कमतिमा ५०÷६० हजार रुपैया को आम्दनी हुने भएकोले यस वर्षमा के कति हुने लुम्बिनी साँस्कृतिक नगर पालिका वडा नम्बर १२ का निवासी ४२ वर्षिय पुल्ले कोहाँरको भनाई रहेको छ ।
यस्तै नगर पालिका १ का ५० वर्षिय राजिन्द्र कोहाँरले बताए अनुसार मैले छ परिवार पाली रहेका एक वर्षमा ४५÷५० हजार रुपैया आम्दनी भए पनि जिवनोपर्जन गर्न निकै कठिनाई भएको नेपाल सरकार तथा सम्बन्धित निकायहरुले केही पहल गरिदिए ठूलो सहयोग हुने बताएका छन् ।
त्यति मात्र होइन सोही गाउँका ४० बर्षिय टाहल कोहाँर माटोका भाडा बरतन दियो गिलास बनाई १० परिवार पालीको पालन पोषण गरिरहेका छन् । तर यस्तो किसिमले आम्दनी भए पछि जिवन चलाउन निकै कठिनाई रहेका बताएका छन् । शादी विवाहमा माटोको भाडा बरतन गिलास प्रयोग गर्ने चालन रहे तपनि अहिले बजारमा सास्तो फुल, तामा, पितल, स्टिल तथा प्लाष्टिकको भाडा बरतन गिलास सास्तो र प्रशस्त मात्रामा उपलव्ध भएकोले माटोका भाडा बिक्रीमा कमि आएको छ ।
यसै नगरपालिकाका वडा नम्बर ४ निवासी मंगल कोहाँरका अनुसार अहिलेको समयमा माटोको भाडा बरतन बनाई जिवन चलाउन निकै गाह्रो भएकोले धेरै जसोले पेसा छोडी विदेश जाने पलान गरेको वडा नम्बर १२ का अशोक कुमार कोहाँरले बताएका छन् ।