असलम खाँन
मर्चवार, १५ साउन ।
रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले आफ्नो ४९ जन्मदिनको अवसरमा २ सय भन्दा बढी फलफूल विरुवा रोपेका छन ।
उहाँले श्रीमती मनराजी देवी कन्या विद्यालयको प्राङ्गणमा आँप, लिची, अमला, निम, सहदवन तथा विभिन्न किसिमका फलफुल बिरुवा रोपेका छन ।
वोटविरुवाको भाइदालाई मध्यनजर गरेर अरु कार्य भन्दा वोटविरुले मानवीय जीवनमा प्रत्यक्ष सहयोग गर्ने भएकेले बृक्ष रोपण गरिएको अध्यक्षले जानकारी दिनुभयो । फलफुल तथा वोट विरुवा वर्षाको वेलामा कटानमा रोकावट, छायादिने, अक्सिजन दिने भएकोले यसलाई प्राथमिकतामा राखेको बताएका थिए । अब आउदो जन्मदिनको अवसरमा हरेक वर्ष ५ सय भन्दा बढी वोटविरुवा रोप्ने प्रतिबद्धता जनाउनुभयो ।

बिरुवा रोपेको कार्यक्रममा मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई, कृषि शाखा प्रमुख दिनेश यादव, सुचना शाखा प्रमुख अशुतोष त्रिपाठी, इन्जिनियर गंगालाल यादव, पवन विश्वकर्मा, राजन शर्मा, इलाका प्रहरी कार्यालय रायपुर (विचौवापुर) का प्रहरी निरिक्षक दिपेश खरेल, प्रहरी सहायक निरिक्षक तेज सउद, तथा स्थानीय समाजसेवी उपस्थित रहेका थिए ।


