logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा आखाँ पाक्ने रोग तीव्र गतिमा फैल्दै


    १६ साउन २०८० , मंगलबार

    रुपन्देहीमा आखाँ पाक्ने रोग तीव्र गतिमा फैल्दै

    झब्बर यादव। अन्जना चौहान
    लुम्बिनी, १५ साउन ।

    अहिले गर्मी र बर्षाको मौषममा आखाँ पाक्ने रोग तीब्र गति लिएको देखिन्छ । आँखा पाक्ने रोगलाई पिङ्क आई रोग पनि भनिन्छ । रुपन्देही जिल्लाका विभिन्न शहर, गाउँठाउँमा पिङ्क आई रोग वा आँखा पाक्नेका रोगीहरुको घुइचो आँखा अस्पतालहरुमा देखिन्छ । अहिले असार र साउन महिनामा हरेक क्षेत्रमा बसोबास गर्ने बृद्धबृद्धा, युवा, बालक लाई पिङ्क आई रोगले संक्रमण गरेको देखिन्छ ।

    यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ । भने आँखा फुस्रो वा रातो देखिन्छ । त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ ।

    आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एक आपसमा टाँसिने हुन्छ । यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ आदि यस रोगका लक्षणहरु रहेको आँखा विशेषज्ञहरुले भनेका छन् । यदि आँखा पाक्ने रोगका साथमा एलजर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ । यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन आँखा विशेषज्ञहरुको भनाई रहेको छ ।

    आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण भाइरसको सङ्क्रमण भएपछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण हुने गरेको पाइन्छ । यस्तो भाइरसको सङ्क्रमण भएको बेलामा रुगाका लक्षणहरू देखिन्छन । यस्ता भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्काेमा सर्न सक्छन् । फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जी आँखा पाक्ने रोगको अर्काे मुख्य कारण हो । प्रायः जसो यस रोगको पहिचान बिरामीले देखाउने लक्षणहरूका आधारमा गरिन्छ ।

    पिङ्क आई रोग वा आँखा पाकेका रोगवाट बाँच्नका लागि आवश्यकता अनुसार हातधुने बानी गरेमा आँखा पाक्ने रोगबाट केही मात्रामा बाँच्न सकिन्छ । आँखा पाक्ने रोगको उपचार यसको उत्पति के कारणले भएको हो भन्ने कुरामा निर्भर गर्दछ । भाइरसका कारणले हुने धेरैजसो सङ्क्रमणहरूको कुनै विशेष उपचार नभएको विशेषज्ञहरुको भनाई रहेको छ ।

    पिङ्क आई रोग वा आँखा पाकेका रोगबाट लाग्न नपाओस त्यसका लागि आफ्नो हातले आँखा नछुने, बारम्बार साबुन पानीले धुने, दैनिक सफा तौलिया र धुने कपडा प्रयोग गर्ने, तकिया वा सिरानी बारम्बार परिवर्तन गर्ने, आँखा कस्मेटिक्स वा व्यक्तिगत आँखा हेरचाह वस्तुहरू मात्र प्रयोग गर्ने, संक्रमित ब्यक्तिको कन्ट्याक्ट् बाट टाढा बस्ने, संक्रमित भएमा स्वास्थ्यकर्मीलाई चेकजाँच गराउने, चिसो पानीले आँखा बारम्बार सफा गर्ने, संक्रमित विद्यार्थी, कर्मचारी, जनप्रतिनिधिहरु बिदामा बस्ने, स्वास्थ्यकर्मीहरुको सल्लाह, सुझाव अनुसार औषधी प्रयोग तथा सर्तक्ता अपनाउनुपर्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.