असलम खाँन
मर्चवार, १८ साउन । रुपन्देहीको मर्चवार तिर आखा पाक्ने रोग देखिन थालेको छ । देशका विभिन्न स्थानमा आँखा पाक्ने रोग एक्दमै तीब्र गतिमा फैलिएको छ ।
त्यस कारण अब रुपन्देहीको मर्चवार क्षेत्रमा पनि अहिले आँखा पाक्ने रोग तिब्र गतिमा फैलिरहेको छ ।
आँखा पाक्ने रोगबाट बच्ने केहि उपायहरु बारे आँखा विशेषज्ञहरुको सुझाव निम्नानुसार रहेका छन् ।
आफ्नो हातले आफ्नो आँखा नछुनुहोस, आफ्नो हात बारम्बार साबुन पानीले धुनुहोस, दैनिक सफा तौलिया र धुने कपडा प्रयोग गर्नुहोस, आफ्नो तकिया बारम्बार परिवर्तन गर्नुहोस, आँखा कस्मेटिक्स वा व्यक्तिगत आँखा हेरचाह वस्तुहरू साझा नगर्नुहोस, सन्क्रमित व्यक्तिको कन्ट्याक्ट् बाट टाढौ बस्ने, संक्रमित भैहाले स्वास्थ्यकर्मी लाई जांच गराउने, चिसो पानीले आँखा बारम्बार सफा गर्ने, संक्रमीत बिद्यार्थी कर्मचारी जनप्रतिनिधि हरु बिदामा बस्ने, स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार औषधी प्रयोग गर्ने आदि अपनाई आँखा रोगबाट बाच्न सकिन्छ ।