ज्ञानेश्वर सहानी
नवलपरासी, १८ साउन । पृथ्वी चन्द्र अस्पतालले दैनिक तीस हजार रुपैया विरामीहरु संग शुल्क उठाउने गरेका छन । तर अस्पताल प्रशासनको लापरवाहीले विरामीहरुको लागि बेन्च छैन् ।
नेपालको संविधानमा उल्लेख छ सबै नागरिक कानूनको दृष्टिमा समान हुने छन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन् । तर पनि प्रदेश सरकार द्वारा संचालित पृथ्वी चन्द्र अस्पतालमा विरामीहरुको अवस्था यस्तो रहेको छ ।
रामकरन हरिजन साउन १५ गते सोमवार प्रादेशिक अस्पताल पृथ्वी चन्द्रमा दैनिक दुई सय भन्दा बढी विरामीहरु उपचार गराउन आउँदा सेवा वापत दैनिक २५ देखि ३० हजार रुपैया शुल्क लिने गरेको हो ।
पश्चिम नवलपरासी सदरमुकाम स्थित रहेको पृथ्वी चन्द्र अस्पतालमा दैनिक २ सय भन्दा बढी विरामीहरु उपचारको लागि आउने गरेको पृथ्वी चन्द्र अस्पतालले जनाएको छ ।

उक्त विरामीहरु मध्ये करिब एक सय जना स्वास्थ्य विमा, जेष्ठ नागरिक लगायत सेवा पाएका छन । प्रदेश सरकार द्वाारा संचालित पृथ्वी चन्द्र अस्पतालमा बहिरङग ओपीडी शुल्क ३० रुपैया र आकस्मिक शुल्क ५० रुपैया लिने गरेका छन् । आकस्मिक ओपीडी शुल्कबाट मात्र दैनिक ६ हजार भने ल्याब बाट २४ हजार सम्म दैनिक आम्दनी भएको छ । पृथ्वी चन्द्र अस्पतालका सुचना अधिकारी एवम् अस्पताल व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र) ले बताएका छन् ।
उनले भने –अस्पतालका दैनिक आम्दनी कोलनिकाको खातामा जम्मा गरीन्छ भौतिक संरचनाका अभावले गर्दा अस्पतालमा आउने विरामीहरुका लागि प्रयाप्त बेन्च बनाएर राख्न मिलेको छैन । भवन निर्माण कार्य सम्पन्न भई सकेपछि माघ देखि नयाँ भवनबाट विरामीहरुलाई सेवा दिने लक्ष्य बनाएका छौं ।
आकस्मिक ओपीडी र ल्याबबाट उठेका शुल्क कोलनिकाको खातामा जम्मा गर्छन र फार्मेसीबाट औषधी विक्री गरेको पैसा अस्पताल कै खातामा जम्मा गर्छन पृथ्वी चन्द्र अस्पतालका लेखा हरी गौतमले बताउनुभयो ।
प्रदेश सरकार द्वारा संचालित पृथ्वी चन्द्र अस्पतालमा दैनिक आम्दनीको स्रोत बढी रहेपनि पनि आउने विरामीहरुलाई बस्ने उचित व्यवस्था नहुँदा भुँईमा विरामीहरु सुतिरहेको देखिदा अस्पताल प्रशासनको लापर्वाही रहेको नाम गोप्य राख्ने गरी एक जना स्थानियले बताएका छन् ।