logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    नवलपरासी प्रहरीको दाबी– ७३ प्रतिशत उजुरी र घटना सफल


    २१ साउन २०८० , आइतबार

    नवलपरासी प्रहरीको दाबी– ७३ प्रतिशत उजुरी र घटना सफल

    ज्ञानेश्वर सहानी
    नवलपरासी,२१ साउन । जिल्ला प्रहरी कार्यालयले ७३ प्रतिशत उजुरीहरुको समाधान गरेको जनाएको छ ।
    आर्थिक वर्ष २०७९।८० मा प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका १०३८ उजुरी मध्ये ७ सय ५१ वटा उजुरी फर्चोट गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेले दाबी गरेका छन् ।
    ‘नवलपरासी प्रहरीले अधिकतम सफलता हासिल गरेको छ,’ उनले भने, –यो सबै सफलता हात पर्नुमा प्रहरीका साथै जिल्लाबासीको महत्वपुर्ण सहयोग छ ।
    अघिल्लो एक वर्षमा प्रहरीमा ३ सय ९२ वटा मुद्दा दर्ता भएको थियो जसमा जम्मा १ सय ८९ जना प्रतिवादी पक्राउ परेका थिए । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ७५ वटा कम मुद्दा दर्ता भएको नवलपरासी प्रहरीको तथ्यांक छ ।
    आर्थिक वर्ष ०७९।०८० मा ३ सय ९२ वटा मुद्दा दर्ता भएका थिए । यो अवधिमा २५ जबर्जस्ती करणीका छन भने १ जना वैबाहिक जबर्जस्ती करणी छ भने ५ वटा करणी उद्योगका छन्, ५ बहुविवाह मद्दा छन् ,कर्तव्य ज्यान सम्बन्धी ६ वटा लगायतका गरी ९३ घटना जिल्ला प्रहरीमा दर्ता भएको तथ्यांकमा उल्लेखित छ । जम्मा ३ सय ९२ मुद्दामा १ सय ८१ वटा मुद्दा फर्चोट भइसकेका छन भने २०३ वटा बाँकी रहेका छन् ।
    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमलाई प्रहरीले टोलटोलसम्म पुर्याएको छ । यो अभियान विद्यालयसम्म पनि पुगेको छ ।
    सिमा क्षेत्रको अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि सुरक्षित नवलपरासी अभियान’ सुरु गरिएको थियो ।
    अपराधहरुको प्राथमिकीकरण गर्दैै योजना तयार गरि काम गरेको थियो । जसका लागि सुरक्षित र अपराधरहीत नवलपरासीका लागि विभिन्न उच्च अपराधको प्राथमिकीकरण गरिएको थियो ।
    सूचना अधिकारी पाण्डेयका अनुसार – सरोकारवालाहरुको समन्वयमा अपराधको प्राथमिकीकरण गरि अपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरणका लागि योजना बनाएको थियो ।
    यहाँको मुख्य समस्या लागुऔषध दुव्र्यसन तथा ओसारपसार हो । लागुऔषध दुव्यर्सन तथा ओसारपोसार रोक्न समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना फैलाउने, आपूर्ति रोक्ने, सेवनकर्तालाई मनोसामाजिक परामर्श र लागुऔषध विरुद्ध सचेतना कार्यक्रम अगाडि बढाएको छ ।

    त्यसै गरी यहाँ विकराल समस्याको रुपमा आत्महत्या रहेको उनले बताए । आत्महत्या रोकथामका लागि विशेष अभियान सञ्चालन गरेको उनले बताए । आत्महत्या न्यूनीकरणका लागि पनि समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना कार्यक्रम जिल्लाको विभिन्न विधालयहरुमा संचालन गरेको थियो ।
    यसैगरी महिला तथा बालबालिका विरुद्ध अपराधलाई मुख्य प्राथमिकता दिएर प्रहरीले त्यसका लागि समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना र शून्य सहनशीलता अपनाउने काम छ ।
    यस्तै साइबर अपराध न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना र सामाजिक सञ्जाल प्रयोगमा सचेतना बढाउने विद्यालयहरुमा सचेतना कक्षा चलाएको थियो ।
    यहाँ ठूलो समस्याको रुपमा सवारी दुर्घटना रहेको पाण्डेले बताएका छन् । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, सडक सुरक्षा सचेतना र योजनबद्ध ट्राफिक चेकिङ र मादक पदार्थ सेवन चेकिङलाई प्राथमिकता दिइएको उनले बताए । आत्महत्या, सवारी दुर्घटना, चोरी तथा चोरी निकासी, साइबर अपराध लागुऔषध दुव्यर्सन तथा ओसारपोसार र महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य अपराध सूचकका रुपमा रहेको हुदाँ त्यसको न्युनिकरणको लागि जिल्लामा व्यापक रुपमा सचेतना कार्यक्रम गरेको छ ।
    फरार अपराधि पक्राउमा पोहोर आबको तुलनामा ३९ प्रतिशतले बढी फरार अपराधी पक्राउ गरेको छ । त्यत्तिकै मात्रामा जरिवाना पनि असुल उपर गराएको छ ।
    यस्तै आम नागरिक र प्रहरी बिचको सम्बन्ध समुधुर बनाउनु पर्छ भनेर जिल्ला प्रहरी कार्यालय नवलपरासीले समुदाय प्रहरी साझेदारी अभियानलाई जिल्लाभरमा निरन्तर लागु गरिएको उनले बताए ।
    यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीले घरेलु हिंसा पिडितसंग घरदैलो कार्यक्रम समेत गरेर उनीहरुलाई शान्तिपुर्ण तवरले बस्ने वातावरणको समेत प्रत्याभुत दिलाएको र आगामी दिनमा थप प्रभावकारी रुपमा कार्य गरिने जिल्ला प्रहरी कार्यलायका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.