नेपालका धेरै जसो स्थानीय तहमा फोहोर व्यवस्थापनको समस्या देखिएको छ । स्थानीय तहमा देखिएको यो समस्याले गर्दा जनप्रतिनिधिहरुलाई टाउको दुखाईको विषय भएको हो । विशेष गरेर शहरी क्षेत्र र शहर उन्मुख गाउँहरुमा फोहोर व्यवस्थापन हुन सकेको छैन । व्यवस्थापन अस्थायी रुपमा हुने गरेपनि स्थायी रुपमा हुन नसकेको हो । जनताको घरमा संकलन हुने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने सोच र योजनाको अभावमा सधै फोहोरको समस्या आउने गरेको देखिन्छ । संसार भर फोहोरलाई मोहोरमा बदल्ने काम हुने गरेपनि नेपाल सरकारले यसलाई स्थायी रुपमा समाधान गर्ने पहल गरेको छैन । जसले गर्दा सधै यो तनाव स्थानीय जनप्रतिनिधिहरुमा हुने गरेको छ । जनताको घरघरबाट बाहिरीनी फोहोरलाई घरमै सड्ने र नसड्ने तरिकाले छुट्टाएर व्यवस्थापन गर्नुपर्ने भएपनि यो हुन सकेको छैन । नेपालमा जनस्तरबाटै समस्या सृजना भएको देखिन्छ । जनप्रतिनिधिहरुलाई दोष दिएर आफु उम्कीन खोज्ने प्रवृत्तिले गर्दा सधै विवादहरु संस्थागत हुँदै आउने गरेको छ । एकले अर्को पक्षलाई दोष थुपारेर आलोचना गर्ने बानीको विकास धेरै हँुदा राम्रा काम गर्नेहरु समेत सामाजिक काम गर्न तर्फ अग्रसर हुने गरेका छैनन् । समाजमा नकारात्मक सोच र असहयोगको भावनाले गर्दा साना समस्याहरुलाई समेत ठूलो बनाउने गरिन्छ । जसले गर्दा समाधान हुने कार्यहरु पनि असमाधान तर्फ जानेको गरेको छ । देशमा आफुले केही प्राप्त गर्नका लागि भन्दै विरोधका नाममा आन्दोलन गर्नु समेत गलत संस्कार हो । कानुन तथा पद्धतीको विकास गरेर हामी अगाडि बढ्नु पर्ने हो । संसारभर कानुनी राज्यलाई मान्यता दिने गरिन्छ । जनताले पनि राज्यले गरेका नीति र नियमहरु मान्नुपर्दछ । तर नेपालमा राज्यको नीति नियम भन्दा पनि आफुले भनेको नहुने हो भने आन्दोलनहरु गर्ने गरिन्छ । यो संस्कारको विकास हुँदा राज्यका संन्यत्रहरु दवावमा पर्ने गरेका छन् । फोहोर व्यवस्थापनमा पनि यस्ता प्रवृत्तिको विकास भएको छ । घरभित्रबाट निस्कने फोहोरको व्यवस्थापन जनताले नै नगर्ने तथा स्थानीय तहले उर्दि जारी गरेपनि सडकमा फोहोर फाल्न नहछाड्ने विकास संस्थागत हुने गरेको छ । स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्न आफ्नो स्थानीय क्षेत्रमा जग्गा जमिन उपलब्ध गराउन नखोज्ने र स्थानीय तहको जग्गामा पनि फोहोर फाल्न बन्देज गरेर दवावमा राख्ने काम नेपालमा हुने गरेको छ । नाजायज मागहरु राख्ने तर सहयोग र सहकार्यको मार्गलाई बन्द गर्ने प्रचलन नेपालमा झागिदो छ । स्थानीय तह संगको सहकार्य तथा उचित सल्लाह सुझाव दिने र कार्यान्वयन गर्ने हो भने यस्ता समस्या सामान्य समस्या हुन । नेपालमा सामान्य विषयम विरोध गर्ने प्रचलनको अन्त्य हुनु पर्दछ । जायज र उचित माग गर्नु एक सच्चा नागरिको कर्तव्य भएपनि स्वार्थमा गरिने आन्दोलनहरुले देशलाई घाटामा पुराएको छ । यस्ता आन्दोलनहरु रोक्नु पर्दछ । देशलाई विकास र समृद्धि तर्फ हिडाउनका लागि सबैले सहकार्य तथा सहमती र कार्यान्वयनलाई ध्यान दिएर अगाडि बढ्नु अहिलेको समस्या समाधानको उपायहरु हुन । देशले आधुनिकताको प्रयोग गरेर देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न ध्यान दिनु पर्दछ । जनताको चाहाना र आकांक्षा जायज छन् भने पुरा गर्ने तर्फ लाग्नु सबैको जित हो । तर कसैका स्वार्थका लागि जनप्रतिनिधिहरु लाग्नु पनि राम्रो संकेत होइन । नेपालको सग्रह विकासमा सबै नेपाली जनता र राजनीतिक दलहरु एकमतका साथ अगाडि बढे हामी उच्च विकासको गतिमा अगाडि बढ्न सक्छौ । त्यसैले विरोध गरेर होईन सहकार्य गरेर देखिएका समस्याहरु समाधान गरौ ।