logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मझगावाँलाई मर्चवारको मुख्य शहर बनाउन कोटहीमाईको प्राथमिकता


    २२ साउन २०८० , सोमबार

    मझगावाँलाई मर्चवारको मुख्य शहर बनाउन कोटहीमाईको प्राथमिकता

    असलम खाँन
    मर्चवार, २२ साउन । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले मझगावाँलाई मर्चवारको मुख्य शहर बनाउने कार्य सुरु गरेको छ ।
    मझगावाँको आसपासका सडकहरु सडक पेटी, नाली सहित फराकिलो का साथै अन्य भौतिक पूर्वाधार निर्माण कार्य सुरु गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बाल कृष्ण त्रिपाठीले बताएका छन् ।
    शहरी विकास मन्त्रालयसंग समन्वय गरी ल्याइएको करीब ३ करोडको लागतमा सडक संरचनाबाट निर्माण कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् ।
    मझगावाँको कृषि विकास बैंक देखि कोटहीमाई गाउँपालिकाको सभाहल सम्मा २२ फिट चौडाईको आरसीसी सडक सहित दुबै तर्फ ४–४ फिट नाली समेत निर्माण कार्य सुरु गर्न लागेको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् ।
    यसैगरी मझगावाँको मुख्यचोक वडा नम्बर ५ को कार्यालय देखि बैरघाट सम्म १८ सय मिटर भन्दा बढी कालोपत्रे सडक सहित नाली तथा सडक पेटी समेत निर्माण हुने अध्यक्ष त्रिपाठीले बताएका छन् ।
    लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्व शिक्षा मन्त्री वसीउद्दीन खाँनले आफुले निर्वाचान भन्दा पहिला गरेको वाचा पुरा भएको बताएका छन् । खाँनले भने – ‘म लुम्बिनी प्रदेश सरकारको शिक्षा मन्त्री हुँदा शहरी विकास मन्त्रालयबाट पहल गरी ल्याएको हुँ मझगावाँलाई शहर बनाउन १ अर्ब ६१ करोडको डिपिआर भएको छ । अहिले पहिलो चरणको काम सुरु भएको ४–५ चरणमा काम पुरा हुने छ ।’


    मझगावाँमा रहेको सम्पूर्ण सरहकारी कार्यालयहरुको संरचना नयाँ तरिकाले विकास गर्ने प्रदेश सभा सदस्य खाँले बताएका छन् । यसैगरी कोटहीमाई ७ तिनकोनियालाई आधुनिक पार्क समेत बताउने केही दिनमा टेन्डर अहवान हुने खाँनले जानकारी दिएका छन् ।
    मझगावाँलाई शहरको रुपमा विकास गर्ने योजना बारे जानकारी दिदै कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष संजय कुमार सैनीले शहरलाई आवश्यक अन्य भौतिक संरचनाहरु पनि क्रमशः निर्माण गर्दै जाने बताएका छन् । आउने दिनमा सार्बजनिक शौचालय, उचित पार्किङ्गको व्यवस्था, स्वच्छ खानेपानीको व्यवस्था, फोहोरको व्यवस्थापन लगायतक सार्बजनिक ठाउँको सुन्दरीकरणका योजना निर्माण गरी कार्य गर्ने वडा अध्यक्ष सैनीले जानकारी दिएका छन् । मझगावाँ क्षेत्रमा रहेको अन्य कार्यालय पनि व्यवस्थित बनाउन समन्वय गर्ने बताएका छन् ।
    शहरी विकास मन्त्रालयबाट आएको उक्त बजेट दर्शन मालिका बिल्डर्स प्रा.लि. संग सम्झौता भएको निर्माण कम्पनीको सुपरभाइजर केशव के.सीले जानकारी दिएका छन् । यसै आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी निर्माण कार्य ३ दिनभित्र सुरु गर्ने निर्माण कम्पनीले जानकारी दिएको छ ।
    काम गर्ने सडकको छेउमा निर्माण भएका अन्य संरचनाहरुको व्यवस्था नहुँदा कार्यमा ढिलाई भएको निर्माण कम्पनीका सुपरभाइजर के.सीले बताएका छन् । के.सीले भने– ‘सडकको चौडाई भित्र पर्ने अन्य संरचनाको एकीन भइसकेको छ गाउँपालिकाले त्यसलाई हटाउन सूचना समेत टाँस गरेको छ अहिले सब बेस राख्ने काम सुरु गरी उक्त संरचना हटीसकेपछि नाली निर्माण कार्य सुरु हुन्छ ।’
    मर्चवारवासीहरुलाई सेवा दिने उद्देश्यले मझगावाँमा ईलाका प्रसाशन कार्यालय, ईलाका मालपोत कार्यालय, ईलाका नापी कार्यालय, क्षेत्रीय विद्युत कार्यालय, मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको कार्यालय, आँखा अस्पताल, सुरक्षा निकाय लगायत विभिन्न बैंंक तथा वित्तीय संस्थाहरु सहित विभिन्न साना तथा ठुलो व्यवसायीक प्रतिष्ठानहरु रहेका छन् । मर्चवारको पहिलो बहुमुखी क्याम्पस समेत मझगावाँमा रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.