अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, २५ साउन । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर २ जोगडा गाउँको सिमाना क्षेत्रमा धेरै दिन देखी बस्दै आएका नेपालको वन तथा पशु पंक्षी विभाग द्वारा लोपमुख पंक्षी घोषणा गरिएको गरुण पंक्षी मरेको भेटिएको छ ।
लुम्विनी संस्कृतिक नगरपालिका वडा नम्बर ६ तरकुलहामा बस्ने नैमुद्दिन मुसलमान, मोहम्मद इरफान, सहीदुर रहमान र नसरुद्दिन मुसलमान गरी चार जनाले एउटा चरा मारी पछि अर्को चरालाई घाइते बनाएका छन् ।
लोपोन्मुख पंक्षीको सिकार गर्दा त्यहाँका स्थानीयहरुले देखेपछि ती चरा मार्ने चार जनालाई नियन्त्रणमा लिई पोहवा चौकीलाई जानकारी गराएको थियो ।
पोहवा चौकिले गैडहवाको लुम्बिनी वन सबडिभिजन कार्यालय ठकुरापुरलाई बुझाएको थियो र लुम्बिनी वन सबडिभजन कार्यालयले ती चारै जनालाई कार्यवाहीका लागि भैरहवा जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । साथै भैरहवा जिल्ला प्रहरीले ती चारै जनालाई नियन्त्रणमा लिइ थप अनुसधान गरिरहेको छ ।