अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, २५ साउन । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा विकास तथा प्रकोप व्यवस्थापन केन्द्र सि.डि.एम नेपालको आयोजनामा र इस्लामीक रिलिफ नेपालको आर्थिकको सहयोगमा कृषि सामग्री वितरण गरिएको छ ।
उक्त आयोजित कार्यक्रममा न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि परियोजनाका लागि गरिने आर्थिक सहयोगमा सम्मरीमाई गाउँपालिकाका ४ सय ४३ जना कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको हायोजक स्रोतले जनाएको छ ।
उक्त कार्यक्रममा सम्मरीमाई गाउँपालिका अन्तगर्त वडा नम्बर १, ३, ५, ७ का कृषकहरुलाई विद्युतीय स्प्रे टंकी, नानो युरिया, खाद्यान्न, दातेब्रस, घाँस गोडने, जिङक एक किलो गरि ४ सय ४३ जना कृषकहरुलाई वितरण गरिएको छ ।
त्यसै गरि लुम्बिनी साँस्कृतिक नगरपालिका अन्तगर्तका वडा नम्बर ११, ४, २ र १२ का कृषि समुहहरुमा ४ सय ५७ जनालाई कृषि सामाग्री वितरण वितरण गरिएको आयोजक स्रोतले जनाएको छ ।
सम्मरीमाई र लुम्बिनीमा ३६ ओटा समुहमा ९ सय जना कृषकहरुलाई कृषि सम्बन्धि कृषि तालिम दिई कृषि सामग्री वितरण गरेको छ ।
कृषि समुहको किसानहरुले कृषि सामग्री पाउँदा खुसि हुदै आयोजक टिमलाई र सहयोगी संस्था इस्लामिक रिलिफ नेपाललाई धन्यवाद दिएका छ । यो संस्था मौसम अनुसार कृषकहरुलाई विभिन्न किसिमका सामग्री वितरण गदै आईरहेको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मसिना श्री दाई अखिलेश्वरी देवी सामुदायिक सिकाई केन्द्रमा कृषि सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।