ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, २९ साउन ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा सम्पन्न कुश्मा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य एक महिना न वितिदै चुईन थालेको छ । पशुपति निर्माण सेवा रामग्राम ३ परासीको ठेक्का सम्झौता गरेको थियो । प्रदेश समापुरक बजेटबाट कुश्मा स्वास्थ्य चौकीको नया भवन बनाउन मिति २०७९ फाल्गुन २१ गते सम्झौता गरी २०८० जेष्ठ ३० सम्पन्न गर्नु थियो ।
प्रदेश सरकारबाट यस कार्यको लागि ५८ लाख रुपैयाँ बजेट विनियोजन भए पनि यीविडीको माध्यमबाट पशुपति निर्माण सेवाले २२ लाख कममा भर्दै ३६ लाख ७८ हजार ३ सय ३ रूपैयाँमा सम्झौता गरेको थियो ।
सम्झौता मिति सकेको २४ दिन पछि छतको ढलान गरिएको थियो । निर्माण गरिएको यो एक तल्ले भवनको आधा भन्दा बढि छत चुएको छ भने विममा कमसल सामग्रीको प्रयोगको कारणले मसला आफै छोड्न थालेको छ ।
कुश्मा स्वास्थ्य चौकीको पुरानो भवन विगत ५ वर्ष देखि चुईन थाले पछि नयाँ भवनको रूपमा यो भवन निर्माण गरिएको थियो । तर उक्त भवनमा भरायाङ र शौचालय समेत व्यवस्था न भएको देखिएको छ । यति मात्र न भई यस भवनको छतको किनारामा ५ इन्चको ढलाई गरिएको छ भने बीचमा जम्मा ३ देखि ४ इन्च जम्मा ढलान गरिएको छ । यस विषयमा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक) संग बुझ्दा ठेकदारलाई कारवाही गर्दै पुनः निर्माणको लागि मौखिक आदेश दिएको बताएका छन् ।
उपाध्यक्ष फतुमा खातुन अन्सारी (सकिना) संग बुझ्दा यस विषयमा छलफल भई रहेको बताइन् । त्यस्तै प्रमूख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिन्सेना संग बुझ्दा यस विषयमा छलफल गरी निर्माण लिने बताए । त्यस्तै गाउँपालिकाका इन्जिनियर उमेश शर्मा यस विषयमा बुझ्न खोज्दा खाई कसरी भयो भनेर जवाब दिन आनाकानी गरी रहेका थिए । जवाबदेहिता भूमिका कसैको न दिएकोले यसमा व्यापक भष्टाचार भएको स्थानीयले आरोप लगाएका छन् ।