logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कृषकका धान र तरकारी खेती डुबानमा


    २९ साउन २०८० , सोमबार

    कृषकका धान र तरकारी खेती डुबानमा

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, २९ साउन ।


    रुपन्देहीको सीमा नाका नजिकका क्षेत्रमा कृषकहरुले रोपेका धान डुबानमा परेको छ । केही दिन देखि परेको आविरल वर्षाका कारणले बाढी आएको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्वर ४ मा रहेका मनौरा, सिवलवा, ठूलो महुवारी, सानो महुवारी, आमारी वडा नम्बर १ का किरतीपुर, भगवानपुर, वडा नम्बर १३ का कारिदह, पैसिया, आोडवलिया, सुकरौली १२ का आमा, भभई, आमहवा, आजमा, निपनिया, बभनी २ का लम्तिहवा, भरथापुर लगायतमा रहेका कृषकहरुले लगाएका धान तथा अन्य तरकारी समेत डुबानमा परेको छ ।


    यस क्षेत्रका कृषकहरुले लगाएका धान र तरकारी खेतीको लागि अहिले सम्म पनि मल, खाद प्रशस्त मात्रामा उपलब्ध भएको देखिदैन् । आहिले मल हाली पूरा नभए त पनि केही दिन देखि अबिरल वर्षाले आएको बाढी धान खेती र तरकारी खेती समेत डुबानमा परेको हुदाँ किसानहरु चिन्तित बनेका छन् ।

    कृषकहरुको यो समस्या समाधानका लागि पहल गरि दिनका सम्बन्धित निकायसंग स्थानीय बासिन्दाहरुले जोडदार अग्रह रहेको छ । कैयो वर्ष देखि यस्तै वर्षातको बेलामा बाली नाली तथा बाटो समेत डुबानमा परि आवत जाबत समेतमा अवरोध हुँदै गएकोले पटक पटक सम्बन्धित निकायहरुमा आग्रह गर्दा पनि कसैले कुनै चासो नलिएको स्थानिय बसिन्दाहरुले गुनासो पोखेका छन् ।

    कृषकहरुले लगाएको धानको बीउ बिजन रोपाई समेत भई सके पछि आवश्यक मात्रामा मलखाद समयमा उपलब्ध नभएकाले तथा बाढीका बेलामा धान खेती तथा तरकारी खेती सखाप भएको निरीक्षण गरि सो को क्षतिपुर्ति उपलब्ध गराउनको लागि सम्बन्धित निकाय तीनै तहका सरकार संग जोडदार माग रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.