असलम खान
मर्चवार, ३ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिकाले एक दिने स्थानीय सर्बजनिक विदा दिएको छ। हिन्दु धर्मावलम्बीहरुको महान चाडपर्व नाग पञ्चमी व्रत ९ श्रवण शुक्ल पञ्चमी० २०८०, ०५, ०४ गते सोमबारका दिन परेकोले गाउँपालिका बाट अनुमोदन गरि उक्त दिन गाउँपालिका मातहत मा रहेका वडा कार्यालय,स्वास्थ्य संस्था,शिक्षण संस्था लगायत अति आवश्यक सेवा बाहेक सम्पूर्ण कार्यालय हरुमा एक दिन स्थानीय सर्बजनिक विदा दिएको छ। साथै नागपञ्चमी को शुभ अवसरमा सम्पूर्ण मर्चवारी गाउँपालिका वासी हरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।