logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    हात बाँधेर पोखरीमा डुबाई बुबाको हत्या गरेका छोराको जेल चलान


    ३ भाद्र २०८० , आइतबार

    हात बाँधेर पोखरीमा डुबाई बुबाको हत्या गरेका छोराको जेल चलान

    शहबाज खान। लुम्बिनीखबर
    कृष्णनगर, ३ भदौ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३३ का मुकेश कोरीले आफ्नो बुबाको हत्या गरेको रहस्य खुलेको छ ।
    इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार छोराले बुबाको हात बाँधेर पोखरीमा डुबाएर हत्या गरेकोे प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
    छोराले घरायसी विवादका कारण बुबाको हत्या भएको खुलेको बताइएको छ ।
    प्रहरीले जिल्ला अदालत कपिलवस्तुको आदेशले पुर्पक्षका लागि कारागार चलान भएको जनाएको छ ।
    गत असार २४ गते साँझ देखि हराएका ५५ बर्षीय गत असार २६ गते बिहान ६ बजेको समयमा राम फेरे कोरी बढैया स्थित घर नजिकैको पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
    मृत फेला परेका राम फेरे कोरीको दुबै हात पहेँलो गम्छाले बाँधेको अवस्थामा पोखरीको बिचमा घोप्टो अवस्थामा प्रहरीले फेला पारेपछि शंकास्पद मृत्यु देखेर प्रहरीले सुक्ष्म अनुसन्धान थालेको थियो ।
    घटना भएको ७ दिनपछि श्रावण ३ गते हत्याको आशंकामा मृतकका झट्केला छोरा ३३ वर्षीय मुकेश कोरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो ।
    कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक शैलेश्वरी बोहराले अनुसन्धानको २५ औँ दिनमा जिल्ला अदालत कपिलवस्तुमा मुद्दा दर्ता भएको जानकारी दिए ।
    दिनहुँ जसो मदिरा सेवन गर्ने, घरायसी विवादमा झगडा परिरहने हुँदा मृतक र अभियुक्त बिच मनमुटाव भइरहने गरेको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.