logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    वडा ११ ले गर्यो निःशुल्क एम्बुलेन्स सेवा सुरु


    ४ भाद्र २०८० , सोमबार

    वडा ११ ले गर्यो निःशुल्क एम्बुलेन्स सेवा सुरु

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, ४ भदौ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ ले नगरपालिकाबाट मसिना स्वास्थ चौकीका लागि प्राप्त भएको एम्बुलेन्स निःशुल्क संचालनमा ल्याएको छ।
    पालिकाले वडा नम्बर ११ का मसिना स्वास्थ चौकीलाई दिएको एम्वुलेन्स आइतवार ३ गतेदेखि निःशुल्क रुपमा संचलनमा आएको छ ।
    मसिनामा स्वास्थ चौकीमा प्राप्त भएको निःशुल्क एम्बुलेन्स सेवा वडा नम्बर ११ का वडाबासीहरुलाई २४ घण्टा विरामीहरुलाई र गर्भवती महिलाहरुलाई अस्पतालमा लैजान सजिलो हुनका लागि संचालनमा आएको हो ।


    मसिना स्वास्थ चौकीमा निःशुल्क एम्बुलेन्स सेवा नभएको कारणले त्यहाका जनताहरु विभिन्न किसिमका समस्याहरु झेलिरहेका थिए। तर अब देखि यो समस्यावाट वडावासीहरुले सहनु पर्दैन । वडा नम्बर ११ वडावासीहरुलाई आवश्यक परेको अवस्थामा निःशुल्क रुपमा उपलब्ध गराउने तथा नगरपालिका अन्तर्गत अन्य वडा लगायत बाहिर प्रयोगका लागि नगरपालिकाले तोकेको बमोजिम मापदण्ड अनुसार शुल्क तिर्नु पर्ने वडा अध्यक्ष अकरामुद्दिन मुसलमान जानकारी दिनु भएको छ।

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा ११ वडा अध्यक्ष मुसलमान , वडा सचिव राजेन्द्र प्रसाद यादव वडा सदस्य शिव प्रकाश यादव चन्द्रकलि सापकोटा, विन्द्रावती हरिजन कम्पुटर अपलेटर माया गौतम ज्ञवाली , मसिना स्वास्थ चौकी प्रमुख बुद्धनाथ बरई, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.