logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    सुस्तामा मानिस मृत अवस्थामा


    ५ भाद्र २०८० , मंगलबार

    सुस्तामा मानिस मृत अवस्थामा

    ज्ञानेश्वर सहानी
    नवलपरासी, ५ भदौ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ गुडरियामा मानिस मृत अवस्थामा फेला परेको छ ।
    भारतीय गण्डक नहरको पानीको छेउमा  २१ बर्षिय  पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको छ ।
    उक्त ठाउँका स्थानियहरुले नजिकको ईलाका प्रहरी कार्यालय बेलाटारीलाई जानकारी दिएका छन् । सुचनाको आधारमा प्र.ब.ना.नि. मिठे थापा क्षेत्रीको कमाण्डमा सोको सहित ७ जनाको टोली घटनास्थलमा पुगेको छ ।


    घटनास्थलमा मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्यको लागी जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट प्र.नि. माधब भण्डारीको कमाण्डमा थप टोली खटिगएको सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
    उक्त लास भारत बिहार प्रदेश पश्चिम चम्पारण जिल्ला थाना बाल्मिकीनगर ३ नम्बर पहाड बस्ने मिना पौलको छोरा बर्ष १९ को सुजित पौलको रहेको मृतकको दाजु कुनाल कुमारले सनाखत गरेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.