पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, ७ भदौ । रोहिणी गाउँपालिकाको वडा नम्बर ४ छिपागढमा सुविधा सम्पन्न
स्वास्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ ।
छिपागढ गा.वि.स. हुदाँ २०५३ सालमा स्वास्थ्य चौकी स्थापन भएको थियो ।
उद्घाटन कार्यक्रममा रिवन काटी स्वस्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि विद्या प्रसाद यादवले अधुरो कार्यलाई पुरा गर्न आफु लागि परेको बताएका थिए ।
२४ सै घण्टा रोहिणीको स्वास्थ्य केन्द्रमा अकस्मिक कक्ष संचालन गर्ने यादवको भनाई रहेको थियो । रोहिणीमा जनमुखी विकासका लागि सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेने यादवले विश्वास व्यक्त गरेका थिए ।
निवर्तमान रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको कार्यकालमा शिलान्यास गरिएको उक्त स्थास्थ्य चौकीको भवन निर्माण सम्पन्न भई उद्घाटन गरिएको र निरन्तर २४ सै घण्टा सेवा प्रवाह गर्ने अध्यक्षले बताए । सो स्वास्थ्य चौकीको भवन संघीय अनुुदानवाट निर्माण भएको हो ।

उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले अझै यस स्वाथ्य चौकीलाई सुविधा सम्पन्न बनाउनमा रोहिणी गाउँपालिकाका जनप्रतिनिधिहरुले अहम भुमिका खेल्नुपर्ने बताएका थिए ।
कार्यक्रममा निर्वतमान रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव छिपागढमा दुई कोठे भवनमा प्राथमिक स्वास्थ्य चौकी संचालन प्रभावकारी नदेखिएको र कठिनाई समाधानका लागि निर्माण गरिएको बताएका थिए । उक्त स्वास्थ्य केन्द्रमा सेवाग्राहीहरु समस्या झेल्दै आइरहेको थिए । नवनिर्मित स्वास्थ्य चौकीको भवन निर्माणका लागि संघीय सरकार संग पहल गरी आफ्नो कार्यकालमा माग गरेका थिए । सो निर्माण कार्य सम्पन्न भई संचालनमा आउँदा यादवले खुसि लागेको बताएका थिए । नवनिर्मित भवन वर्तमान रोहिणी गाउँपालिका अध्यक्षले उद्घाटनका लागि अवसर दिनुभएकोमा धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष तारा नाथ यादवको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो भने वडा सदस्य दिल्ली यादवको स्वागत मन्तव्य वडा नम्बर ३ का अध्यक्ष तथा रोहिणी गाउँपालिकाका प्रबकता विरबहादुर क्षेत्री, स्वास्थ्य शाखाका संयोजक रामनेवास चौधरी, शेषमाणी यादव, नियमात अलि लगायतले मन्तव्य राखेका थिए । नेपाल सरकारले बनाएको मापदण्ड अनुसार ९२ प्रकारको औषधी स्वास्थ्य चौकी वाट उपलब्ध हुने बताएका थिए ।
प्राथामिक स्वास्थ्य चौकी भनेको नै घाँउमा तत्काल मलमपट्टीको उपचार दिई रोग अनुसारको सम्बन्धी ठाउँको लागि परामर्श दिनेको संस्थाको रुपमा लिनु पर्नेमा सबैले जोड दिएका थिए ।
कार्यक्रम रोहिणी गाउँपालिकाका शाखा विभागिय शाखाका पदाधिकारी, कर्मचार, कार्यपालिका सदस्य ,वडा सदस्य, स्वयंसेवीका, विद्यालयका प्रधानाध्यापक तथा स्थानीयहरुको समेतको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।