logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    बर्दघाटमा गुणस्तरहिन प्याड बितरण


    १० भाद्र २०८० , आइतबार

    बर्दघाटमा गुणस्तरहिन प्याड बितरण

    ज्ञानेश्वर साहानी

    नवलपरासी, १० भदौ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क उपलब्ध गराउन खरिद गरेका प्याडमा सगुन ब्राण्डको गुणस्तर चिन्हको छाप लगाइएको छ ।

    बर्दघाट नगरपालिकामा रहेको सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुका लागि यस अघि विद्यालय आफैले खरिद गरी उपलब्ध गराउँदै आएको प्याड यसपटक भने नगरपालिकाले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समिति बनाएको थियो ।

    विद्युतीय बोलपत्र मार्फत खरिद गरिएको एजी हेल्थ इन्ड्रष्ट्रिज प्रा.लि रुपन्देहीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको भन्दै बर्दघाटमा बिक्रि गरेको हो ।

    प्याड खरिदका लागि बसेको बैठकले नेपाल सरकारले तोकेका मापदण्ड अनुसार नेपाल गुणस्तर चिन्ह प्राप्त सेनेटरी प्याड खरिद गर्ने प्रकृयालाई अगाडि बढाएको समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताएका थिए ।

    नगरपालिकाले १ महिनाको म्याद राखी सुचना प्रकाशन गरी भ्याट बाहेकको रकम ३० लाख ९१ हजार ४ सयमा नबढ्ने गरी विद्युतीय बोलपत्र आव्हान गरेको थियो ।

    नगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्डमा रहेर प्याड उपलब्ध गराउनका लागि ५ वटा फर्मले विद्युतीय बोलपत्र पेश गरेको थियो ।

    एजी हेल्थ इन्ड्रष्ट्रिज प्रा.लि रुपन्देहीले सबैभन्दा कम भ्याट बाहेक २२ लाख ६७ हजार ५ सय ६५ रुपैया दररेट पेश गर्न बोलपत्र हात पारेको थियो ।

    एक तर्फ कम्पनीले उपलब्ध गराएको प्याडमा समस्या भएको छात्राहरुले गुनासो गरिरहेका छन् भने अकोतर्फ एजीले सगुन ब्राण्डको प्याडमा एन एस चिन्ह हानेर पठाएको लुम्बिनीखवरका परासी सम्वाददाता ज्ञानेश्वर साहनीले जानकारी दिए । एजीले प्याड उपलब्ध गराउँदा भने गम्भिर खेलबाड गरेको नगरपालिकाका जनप्रतिनिधिहरु बताउँछन् ।

    एजी हेल्थका निर्देशक डोलप्रसाद अधिकारीले सगुन ब्राण्डको प्याडले कुन मितिमा एन एस चिन्ह प्राप्त गरेको हो भन्ने आफुलाई थाहा नभएको बताएका हुन् ।

    एजीले सगुन ब्राण्डको प्याडमा एन एस २०७७ को लोगो हानेको विषयमा नेपाल गुणस्तर तथा नापतौल विभागका उप–महानिर्देशक ज्योती जोशी भट्टले अनुसन्धान भैरहेको जानकारी दिईन ।

    बोलपत्रको विद्युतिय फारम भर्ने समय सम्म नेपाल गुणस्तर चिन्ह प्राप्त गरिनसकेको एजी हेल्थले चिन्ह पाउने आसय पत्र पेश गरेको थियो । प्याडको गुणस्तरको विषयमा प्रश्न उठेपछि नगरपालिकाले यसको गुणस्तर परिक्षणका लागि नमुना संकलन गरी विभागमा पठाएको जानकारी दिएको छ ।

    नगरपालिकामा एन एस प्राप्त गर्नु पुर्व उत्पादन भएका प्याडको बारेमा जिज्ञासा राख्दा सेनेटरी प्याड वितरण तथा ब्यबस्थापन समिति संयोजक नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले विद्युतिय बोलपत्र पछि कमसल भएको केही गुनासा आएको बताएका थिए । उपप्रमुख उपाध्यायले मापदण्ड अनुसार टेन्डरबाट सेनेटरी प्याडको खरिद गरिएको तर सेवा ग्राहीबाट गुनासाहरु आएपनि नमुना संकलन गरि गुणस्तरको विषयमा छानविन भैरहेको लुम्बिनीखवर संगको कुराकानीमा बताए

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.