असलम खान
मर्चवार,१० भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर २ स्थित अमवाको समुदायिक भवनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
रण अम्बिका शाह अध्ययन संस्थान तथा रिसर्च सेन्टर (आँखा अस्पताल) भैरहवा रुपन्देहीको प्राविधिक सहयोगमा एक दिने आँखा शिविर सम्पन्न भएको हो ।
यस निःशुल्क आँखा शिविरमा ३५० जनाले आँखाको समस्या भएका विरामीहरुले सेवा लिएको छन् । जसमा १०५ जनामा मोतियाबिन्दुको समस्या देखिन आएको थियो । १०५ जना मध्ये ८० जनालाई १० गते आईतबारका दिन अप्रेसनको लागि भैरहवा स्थित रण अम्बिका आँखा अस्पताल रेफर गरिएको छ । मोतियाबिन्दु भएका बिरामीहरुको निःशुल्क अप्रेसन हुने मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहले बताएका छन् ।
बाँकी २५ जनालाई उच्च रक्तचाप र मधुमेह देखिएकोले फिजिसियन कहाँ रेफर गरिएको र नियन्त्रणमा आईसकेपछि निःशुल्क नै अप्रेसन गरिने मर्चवारी आँखा उपचार केन्द्रका इन्चार्ज इरफान खानले जानकारी दिएका छन् ।